कृषि कर्ममा दंग जुही चावला « Khabarhub

कृषि कर्ममा दंग जुही चावला


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–एकताका बलिउडकी व्यस्त अभिनेत्री जुही चावला अहिले फिल्मबाट टाढा छिन् । उनी आजकल मनोरञ्जन जगतभन्दा पर रहेर कृषि कर्ममा व्यस्त छिन् ।

दैनिक भास्करका अनुसार जुही विगत १० वर्षदेखि कृषि कर्ममा छिन् । हालैमात्र उनले आफ्नो फार्महाउसका केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरिन् ।

तस्वीरसँगै उनले ‘वाडा फार्ममा मेरो नयाँ कार्यालय ! पूर्ण रुपमा वातानुकुलित र अक्सिजनले भरपुर । नयाँ गोठ, स्टाफ क्वार्टर र फलको रुख लगाउने योजना बनाउदै’ लेखेकी छन् ।

जुही अग्र्यानिक उत्पादनलाई प्राथमिकता दिइरहेकी छन् । उनी वुमन अफ इण्डिया अग्र्यानिक फेस्टिभल मुम्बईको ब्राण्ड एम्बासेडर हुन् ।

‘म आफ्नो फार्ममा अग्र्यानिक फसल मात्र लगाउछु । वाडा(महाराष्ट्र)स्थित फार्महाउसमा सबै उब्जनी गरेकी छु । म एक किसान हुँ’, उनी भन्छिन् ।

जुहीका अनुसार उनका किसान पिताले २० हेक्टर जमिन वाडामा किनेका थिए । उनको पिताले खेती योग्य जमिनमा लगानी गरिरहँदा जुही फिल्ममा व्यस्त थिइन् । उनको पिताको निधन पछि मात्र जुहीले खेतीमा ध्यान दिएकी हुन् ।

जुहीको फार्ममा २ सय बढी बोटको आप बगैंचा छ । बगैंचामा अन्य फलको पनि खेती गरेकी छन् ।

जुहीको जन्म नोभेम्बर १३, १९६७ मा अंबाला(हरियाणा)मा भएको थियो । जूहीले इण्डियाका प्रख्यात व्यापारी जय मेहतालाई आफ्नो श्रीमान बनाएका थिए ।

जय जूही भन्दा सात वर्ष जेठा छन् । विवाहपछि जुहीले फिल्मबाट ब्रेक लिइन् र आफ्नो पारिवारिक जीवनमा व्यस्त भइन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ४ : ३० बजे

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु