नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : राष्ट्रपति भण्डारी | Khabarhub Khabarhub

नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : राष्ट्रपति भण्डारी


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएकी छन् ।

शुक्रबार संघीय संसदको संयुक्त वैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आफ्नो चीन भ्रमणबाट दुवै देशको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले वर्तमान सरकार राष्ट्रिय कार्यभार पूरा गर्न काम गरिरहेको पनि बताइन् । सबै किसिमका संक्रमण अन्त भइ शान्ति र स्थायित्व कायम भएको पनि राष्ट्रपतिको भनाइ छ ।

सरकार गठन भएपछि कानून तर्जुमा गर्ने काम सम्पन्न भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा सबैलाई एकजुट बनाउन सरकार सफल भएको पनि गरिन् ।

पृथकतावादको अन्त्य भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले संविधानको सर्वस्वीकार्यतामा अब विमति नरहेको पनि बताइन् ।

‘जनअभिमतलाई सम्मान गर्ने सबै शक्तिहरु संविधानलाई आत्मसाथ गरी मूलधारमा आउनु असाधारण उपलब्धी हो,’ राष्ट्रपति भण्डारीले भनिन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ४ : २६ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको