मदनकृष्ण पुत्र यमनको प्रश्न,‘कसले खुवाउछ कोरोनालाई औषधि ?’ « Khabarhub

मदनकृष्ण पुत्र यमनको प्रश्न,‘कसले खुवाउछ कोरोनालाई औषधि ?’


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमित कलाकार मदनकृष्ण श्रेष्ठको शरीरमा अक्सिजनको कमी भएपछि उनी मेडिसिटी अस्पतालमा पुनः उपचाररत छन् । यसअघि उनी मेडिसिटीमै उपचार गरेर डिस्चार्ज भएका थिए ।

मदनकृष्णको परिवारमा उनीसहित छोरा, बुहारी, नातिनीलाई पनि संक्रमण देखिएको थियो । मदनकृष्णबाहेक अन्य सदस्य घरमै आइसोलेसनमा छन् ।

मदनकृष्णका छोरा यमनले सामाजिक सञ्जालमा फेसबुकमा कोरोनालाई व्यंग्य गरेका छन् । ‘हामीलाई त सञ्चै छ तर, अब हामी भित्र भएको त्यो कोरोनालाई चाहिँ सञ्चो छैन होला । त्यसलाई ज्वरो आइराख्या होला । त्यसको यदि टाउको छ भने त्यसको टाउको दुखिराख्या होला । तिनीहरुलाई औषधि खानु पर्ने भैराख्या होला । कस्ले खुवाउछ र कोरोनालाई औषधि!!?’ उनले लेखेका छन् ।

उनले देख्न मात्र मिल्ने भैदिएको भए कोरोनालाई एउटा कचौरामा नुन, खोर्सानी, मसला राखी कागती निचोरेर अचार खाने भनी उल्लेख गरेका छन् ।

‘यो कोरोनाले यति गलायो कि साथीभाई, आफन्तहरुको एकदम फोन आउथ्यो । फोन उठाएर कुरा गर्न समेत नसकिने, तागत नै नआउने, तर त्यो फोनको रातो अक्षरमा भएको मिस कलको लिस्ट हेर्दा पनि सबैसँग कुरा गरेको जस्तो फिल हुन्थ्यो । त्यो रातो अक्षर जस्तो आफ्नो आँखा पनि रातोरातो हुन्थ्यो रोएर’, यमन लेख्छन् ।

उनले कोरोनाले युवाहरुलाई त्यति दुःख नदिने रहेछ जस्तो लागे पनि छोरीलाई गृष्मालाई खासै केही लक्षण नदेखिएको जनाएका छन् । ‘आफुलाई पनि बच्चा नै छु जस्तो लाग्थ्यो तर, छिप्पिइसकेछु भन्ने कुरा यहि कोरोनाले प्रमाणित गरिदियो’, उनले लेखेका छन् ।

उनले होम आइसोलेसनमा नेपाल टेलिभिजनको समाचार नियमित हेर्ने गरेको लेखेका छन् । नेपाल टेलिभिजनमा अन्य टेलिभिजनको जस्तो दोषारोपण गर्ने, आतंक मच्चाउने खालको समाचार नआउने उनको बुझाई छ ।

उनले डाक्टरसँगको नियमित सम्पर्क र निगरानीमा आफ्नो रक्तचाप आफैं नाप्ने, स्टेथस्कोप लगाएर आफूले आफैलाई लामो सास फेर्नुस भन्दै छातीको घ्यारघ्यार चेक गर्ने, अक्सीजन लेभल आफै चेक गर्ने, अक्सिजनको पाइप नाकमा आफै घुसार्नेलगायतका गतिविधि गर्ने गरेको जनाएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १२ : ३० बजे

जङ्गली हात्ती मृत फेला

झापा- कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको

झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ – बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

टी–२० विश्वकपः भारतले नामिबियालाई दियो २१० रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले नामिबियाविरुद्ध २१० रनको

आहा रारा पोखरा गोल्डकपः अग्रता जोगाउन नसक्दा मनाङसँग एपिएफ पराजित

कास्की – पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब