आर्थिक संकटमा परेका यी कलाकार « Khabarhub

आर्थिक संकटमा परेका यी कलाकार


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडमा कलाकारहरु एक फिल्मबाट जति कमाउछन्, एक सर्वसाधारण आफ्नो पुरा जिन्दगीमा पनि त्यही कमाउन सक्दैनन् । तर अधिक कमाए पनि बलिउड कलाकार सडकमा आउनुपर्ने अवस्था हुन्छ भन्ने कुरा सोचनीय विषय हो ।

अमर उजालाका अनुसार अभिनेता राज कपूरदेखि अमिताभ बच्चनसम्मका बलिउड कलाकारले आफ्नो मोटो रकम गुमाएका छन् । भएको पैसा गुमेपछि एकताका उनीहरुको अवस्था नाजुक रहेको अमर उजालाले लेखेको छ ।

बलिउडका महानायक अमिताभ बच्चनलाई वर्तमान समयमा कुनै पनि कुराको अभाव छैन । तर उनको जीवनमा एउटा यस्तो समय पनि आयो कि उनी सडकमै आउनुपर्ने अवस्था भएको थियो ।

सन् २००० मा अमिताभले आफ्नो ब्लगमा यो कुरा उल्लेख गरेका थिए । ‘विश्व नयाँ वर्ष २००० को उत्सव मनाइरहेको छ । म आफ्नो बर्बादीको उत्सव मनाइरहेको छु’, उनले लेखेका थिए ।

यो समयमा अमिताभसँग न कुनै फिल्म थियो न त पैसा नै । उनको एबीएलसी कम्पनी पनि डुबेको थियो । उनी कैयौं कानूनी मुद्धामा फसेका थिए ।

कर विभागले फिर्ताका लागि अमिताभको घर दिन भनेको थियो । तर केही वर्षपघि उनले ‘कौन बनेगा करोडपति’ शो चलाए । त्यसले उनको जीवनमा कायापलट नै गर्यो ।

बलिउडका ‘बादशाह’का रुपमा परिचित अभिनेता शाहरुख खानले पनि आर्थिक संकटको सामना गर्नुपरेको थियो । उनले सन् २०१० मा निर्माण गरेको फिल्म ‘रा–वन’मा उनले अधिक रकम लगानी गरेका थिए ।

तर फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भयो । फिल्म फ्लप भएपछि शाहरुख आफैंले यो फिल्ममा पैसा र समय बर्बाद भएको बताएका थिए ।

यो सूचीमा अभिनेता गोविन्दाको पनि नाम आउछ । लामो समयसम्म फिल्म नपाएपछि उनी कंगाल हुने अवस्थामा पुगेका थिए । तर फिल्म ‘पार्टनर’ जस्तो ब्लकबस्टर फिल्मले उनको समस्या समाधान गरिदियो ।

उनले एक अन्तरवार्तामा विगत १५ वर्षमा फिल्म उद्योगमा आफूले अधिक पैसा लगानी गरेको बताएका थिए । फिल्म उद्योगमा आफ्ना १६ करोड रुपैंयाँ नोक्सान भएको दाबी गरेका थिए ।

बलिउडका ‘शोमेन’ राज कपूरले फिल्म ‘‘मेरा नाम जोकर’ निर्माण गर्नका लागि बैंकबाट मोटो रकम ऋण लिएका थिए । तर फिल्म फ्लप भयो र उनको सारा पैसा डुब्यो ।

अभिनेता ज्याकी श्राफ पनि कुनै समय आर्थिक संकटमा फँसेका थिए । उनले निर्माता साजिद नाडियावालाबाट मोटो रकम ऋण लिएका थिए ।

यही विषयलाई लिएर साजिद अदालत जाने तयारीमा थिए । तर सलमानले ज्याकीलाई सहयोग गरेपछि उनलाई अदालत जान रोके । त्यसपछि उनले एक फ्ल्याट बेचेर साजिदको सबै रकम तिरे ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  २ : ५० बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख