रौतहटमा आजदेखि निषेधाज्ञा « Khabarhub

रौतहटमा आजदेखि निषेधाज्ञा


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– कोरोना संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले शनिबारबाट जिल्लाभरी निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले होटल, रेस्टुरेन्ट, फेन्सी र कपडाका पसलहरु बन्द गराएको छ । जिल्लामा सञ्‍चालित हाटबजारहरु यसअघि नै बन्द गराइसकेको छ ।

जिल्लाका अधिकांश बजार, होटल, रेस्टुरेन्टहरुमा भीडभाड बढी हुन थालेपछि प्रशासनले वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा लगाएको हो । कार, जिप, मोटरसाइकललगायतका निजी सवारीहरु बन्द गराइए पनि निषेधाज्ञामा मानिसलाई पैदल हिँड्न भने छुट दिइएको छ ।

सुरक्षाकर्मीले चोकचोकमा बसेर पास बिनाको सवारी रोक्ने र २ घण्टासम्म होल्डमा राख्ने गरेको छ । निषेधाज्ञाका कारण सडक सुनसान छ । प्रशासनले खाद्यान्न लगायतका पसलहरु खोल्न अनुमति दिए पनि व्यापारीले खोलेका छैनन् ।

प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जिल्लामा संक्रमितको संख्या बढ्न थालेपछि नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेको बताए ।

कोरोना संक्रमणका कारण जिल्लामा दुई साताको अवधिमा १३ जनाको मृत्यु भएको छ । अहिलेसम्म जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ५३ पुगेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ६ : १५ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर