दोलखाको भीमेश्वरलाई पसिना आयो, भोलि राष्ट्रपतिसमक्ष महाप्रसाद पठाइने « Khabarhub

दोलखाको भीमेश्वरलाई पसिना आयो, भोलि राष्ट्रपतिसमक्ष महाप्रसाद पठाइने


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दोलखाको सदरमुकाम चरिकोट नजिकै रहेको ऐतिहासिक भीमेश्वरको मूर्तिमा पसिना आएको छ । मन्दिरको ड्युटीमा रहेका सुरक्षाकर्मीले मुर्तिमा पसिना देखिएको जानकारी गराएका छन् ।

यस सम्बन्धमा गुठी र पुजारीले त्यहाँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वासुदेव घिमिरेलाई पनि जानकारी गराएको बताईएको छ। गत वर्ष कोरोना संक्रमणको पहिलो लहर आउनुअघि यस्तै भएको थियो ।

शनिबार मध्याह्न १२ : १५ देखि पटक पटक १ : ३० बजेसम्म पसिना आएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । सो समयमा प्रचलित परम्परा अनुसार मन्दिरका पूजारी तथा गुठियारहरूले पूजापाठ गरेका छन् । साथै मन्दिरको मुख्य शिलामा पसिना आएसँगै वैशाख २६ गते (भोलि) राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भीमेश्वर भगवानको महाप्रसाद पठाउने व्यवस्था मिलाइएको प्रजिअ घिमिरेले जानकारी दिए ।

०५८ सालको दरवार हत्याकाण्डलगायत ०७२ को भूकम्पजस्ता अनेक घटनाको संकेतस्वरुप भीमसेनलाई पसिना आउने गरेको छ ।

किम्वदन्ती अनुसार पाँच पाण्डवहरू गुप्तवास जाने बेलामा यही भीमसेन मन्दिरको केही पूर्व तर्फको चामपूजा भन्ने डाँडामा बसी श्री गौरी शंकरको प्रार्थना गरेका थिए ।

भीमेश्वरलाई भविष्य सूचकको रूपमा पनि मानिन्छ । जानकारी अनुसार विसं १९९०, १९९७, २००७, २०११, २०१७, २०१८, २०३६, २०४६ र २०५७ माघ १ र २ गते पनि भिमसेनको मुर्तिमा पसिना आएको थियो ।

यी सालहरूमा पसिना आएको ६ महिना भित्र देशमा राजनैतीक, प्राकृतिक या दरबारमा अकल्पनिय घट्ना भयो भन्ने जानकारहरु बताउँछन् ।

स्थानीयहरुका अनुसार भीमसेनको मूर्तिमा पसिना आउँदा पसिना पुछेको कपास पहिले–पहिले राजदरबार पठाउने र त्यहाँबाट बलि पूजा पठाउने चलन रहेको थियो ।

यस्तो छ जिल्ला प्रशासनले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ६ : २८ बजे

सदनप्रति उत्तरदायी हुन तयार भएनन् प्रधानमन्त्री, सभामुखले भेटेरै बोलाउँदा पनि भने : विचार गरौँला

काठमाडौं- मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि सभामुख डोलप्रसाद अर्यालयले

ट्रम्पले इरानसँग मागे क्षतिपुर्ति

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित शान्ति सम्झौताका लागि नयाँ

संस्थापन इतरको राष्ट्रिय भेलामा गएर शेखरले पार्टी एकताको आह्वान गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संस्थापन इतर समूहले

दक्षिण अफ्रिकामा खानी दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको रुस्टनबर्गनजिकैको प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ जना

सरकारले जनताको पीडा महसुस गर्न सकेन : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले जनताको