तमिलनाडुमा सोमबारदेखि २ हप्ता लकडाउन | Khabarhub Khabarhub

तमिलनाडुमा सोमबारदेखि २ हप्ता लकडाउन


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली (सिन्ह्वा)- भारतको दक्षिणी राज्य तमिलनाडुको सरकारले सोमबारदेखि दुई हप्ताका लागि बन्दाबन्दी (लकडाउन) गर्ने भएको छ ।

भारतमा कोभिड–१९ सङ्क्रमण दरमा उच्च रहेका समय तमिलनाडु राज्य सरकारले दुई हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

उक्त राज्यमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै उच्च (२६ हजार सङ्क्रमित) भेटिएको एक दिनपछि यो निर्णय गरेको हो ।

राज्यका नवनिर्वाचित मुख्यमन्त्री एक के स्टालिनले भने, “तमिलनाडुमा मे १० तारिख विहान ४ बजेदेखि लागू हुनेगरी अतिआवश्यक सेवाबाहेक सबै क्षेत्रलाई दुई हप्ताका लागि पूर्णतया लकडाउन गरिएको छ ।”

तमिलनाडुमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या उच्च देखिएपछि बन्दाबन्दी ‘अपरिहार्य’ भएका कारण यो निर्णय लिइएको उनले बताए ।

अधिकारीहरूले भने कि तालाबन्दी लगाउने निर्णय एक बैठकमा मुख्यमन्त्रीले प्राप्त गरेको सूचनाको आधारमा लिइएको हो।

सरकारले जारी गरेको निर्देशन अनुसार बन्दाबन्दीका क्रममा बैंकलाई ५० प्रतिशत कर्मचारीद्वारा सेवा सञ्चालन गर्न पाइने छ भने खाद्यान्न तथा अतिआवश्यक अन्य सेवालाई कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएका नियम पालना गर्दै जारी राख्न भनिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ७ : २५ बजे

पाँच सय विद्यार्थीलाई न्यानो कपडा वितरण

भोजपुर– भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका पाँच सय विद्यार्थीलाई

क्रकेटर शरद भेषावकरलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं – नेपाली क्रिकेटका हस्ती शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

स्पेनिस ला लिगा : स्प्यान्योलमाथि भिल्लारियलको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलले स्प्यान्योललाई हराएको छ ।

इंग्लिस प्रिमियर लिग : उल्भ्सविरुद्ध चेल्सीको सानदार जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सानदार जित निकालेको छ

आठवर्षसम्म पाएन मङ्गलाले प्रशासकीय भवन बनाउन निःशुल्क जग्गादाता

म्याग्दी- म्याग्दीको मङ्गला गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने योजना स्थापनाको