वीपी प्रतिष्ठानमा कर्मचारीले लगाएको ताला तोडियो « Khabarhub

वीपी प्रतिष्ठानमा कर्मचारीले लगाएको ताला तोडियो


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– जोखिम भत्ता नपाएको भन्दै ५ बुँदे माग राख्दै कर्मचारीले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत शुक्रबार लगाएको ताला प्रतिष्ठानले प्रहरी प्रशासन लगाएर फुटाएको छ ।

उपकुलपति डा.ज्ञानेन्द्र गिरीसहित रजिष्टार, हस्पिटल डाइरेक्टर र रेक्टरको कार्यकक्षमा लगाइएको ताला आइतबार बिहान जिल्ला प्रशासनको निर्देशनमा प्रहरी प्रशासनले फुटाएको हो ।

कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित चार पदाधिकारी कार्यकक्षमा गत शुक्रबार ताला लागाइएको थियो । शुक्रबारै आन्दोलनरत पक्ष र प्रतिष्ठानबीच बसेको वार्तामा सहमति जुट्न सकेन ।

उपकुलपति डा.गिरीले विज्ञप्ती नै निकालेर आन्दोलित कर्मचारीहरुलाई कारबाही गर्ने चेतावनी दिएपछि आक्रोसित बनेका कर्मचारीहरु ताला फुटाएपछि झनै आक्रोसित बनेका छन् ।

कोभिड–१९ जोखिम भत्ता पारदर्शी गरी समानरुपले सबैलाई वितरण गर्नुपर्ने, गत वर्ष वृद्धि भएको २० प्रतिशत तलब पाउनु पर्ने लगायतको ५ बुँदे माग उठाउँदै आएका छन् । कर्मचारीहरुले उठाएको जाहेज माग सबै पूरा गर्न प्रतिष्ठान तयार रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : ३२ बजे

भारतमा मतदाता सूची विवाद चर्कियो, विपक्षी नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको