वीपी प्रतिष्ठानमा कर्मचारीले लगाएको ताला तोडियो | Khabarhub Khabarhub

वीपी प्रतिष्ठानमा कर्मचारीले लगाएको ताला तोडियो


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– जोखिम भत्ता नपाएको भन्दै ५ बुँदे माग राख्दै कर्मचारीले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत शुक्रबार लगाएको ताला प्रतिष्ठानले प्रहरी प्रशासन लगाएर फुटाएको छ ।

उपकुलपति डा.ज्ञानेन्द्र गिरीसहित रजिष्टार, हस्पिटल डाइरेक्टर र रेक्टरको कार्यकक्षमा लगाइएको ताला आइतबार बिहान जिल्ला प्रशासनको निर्देशनमा प्रहरी प्रशासनले फुटाएको हो ।

कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित चार पदाधिकारी कार्यकक्षमा गत शुक्रबार ताला लागाइएको थियो । शुक्रबारै आन्दोलनरत पक्ष र प्रतिष्ठानबीच बसेको वार्तामा सहमति जुट्न सकेन ।

उपकुलपति डा.गिरीले विज्ञप्ती नै निकालेर आन्दोलित कर्मचारीहरुलाई कारबाही गर्ने चेतावनी दिएपछि आक्रोसित बनेका कर्मचारीहरु ताला फुटाएपछि झनै आक्रोसित बनेका छन् ।

कोभिड–१९ जोखिम भत्ता पारदर्शी गरी समानरुपले सबैलाई वितरण गर्नुपर्ने, गत वर्ष वृद्धि भएको २० प्रतिशत तलब पाउनु पर्ने लगायतको ५ बुँदे माग उठाउँदै आएका छन् । कर्मचारीहरुले उठाएको जाहेज माग सबै पूरा गर्न प्रतिष्ठान तयार रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : ३२ बजे

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह

काठमाडौँ – नेपाली सेनाले परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको

ड्रोनबाट देखिएको काठमाडौं (फोटो फिचर)

तस्बिरः नेपाल फोटो लाइब्रेरी काठमाडौं – बिहीबार प्रदर्शनकारीले संघीय संसद

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार)

सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

काठमाडौं – नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ । बुधबार