माधव–झलनाथ समूहको राजीनामा रोकियो « Khabarhub

माधव–झलनाथ समूहको राजीनामा रोकियो


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधव–झलनाथ समूहका सांसदहरूको सामूहिक राजीनामा आजको लागि रोकिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाएका विष्णु पौडेल र सुवास नेम्वाङसँग भेटेपछि राजीनामा रोकिएको हो ।

ओलीले आफ्नो कदम नसच्चाए माधव–झलनाथ समूहले आज सामूहिक राजीनामा गर्ने निर्णय गरेको थियो । तर, संसद् सचिवालयमा माधव–झलनाथ समूहको सांसद् उपस्थित हुन थालेपछि ओलीले आफू पक्षका दुई नेतालाई पठाएका थिए ।

दुवै पक्षले आ-आफ्नो कुरा राखेको भए पनि कुरा मिल्न सकेको छैन । नेता नेपाललाई भेटेर फर्केपछि नेता पौडेलले राजीनामाबारे विचार गर्ने आश्वासन दिएको बताए ।

​उनले सञ्चारकर्मीहरूसँग भने, ‘उहाँले राजीनामाबारे विचार गर्छु भन्नुभएको छ । उहाँहरु विनाशको बाटोमा जानुहुन्छ भन्ने मलाई लागेको छैन ।’

यस्तै बैठकपछि नेम्वाङले पनि माधव–झलनाथ समूहको राजीनामाको कुरा चर्चा मात्रै भएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : ५७ बजे

भारतमा मतदाता सूची विवाद चर्कियो, विपक्षी नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको