यस वर्ष पनि यार्सापाटन नखुल्ने भए « Khabarhub

यस वर्ष पनि यार्सापाटन नखुल्ने भए


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा– कोरोनाका कारण अघिल्लो वर्ष बन्द गरिएका डोल्पाका सम्पूर्ण यार्सापाटन यस वर्ष पनि नखुल्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जिल्ला विपत व्यवस्थापन समितिको बैठकले निकुञ्ज क्षेत्र, सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा पर्ने सम्पूर्ण यार्सा पाटनहरू बन्द गर्ने निर्णय गरेको हो ।

देशमा कोराना भाइरस सङ्क्रमण तीब्ररूपमा फैलिएकाले यार्सा पाटन पुग्ने दशौँ हजार मानिसको जमघट हुँदा सयौँ नागरिकको ज्यान जानसक्ने खतरा औंल्याइएको छ ।

जिल्लास्थित सम्पूर्ण सुरक्षा निकाय, स्थानीय तहका प्रतिनिधिलगायत सरोकारवालाको भेलाबाट यसवर्ष पनि जिल्लाका सम्पूर्ण यार्सापाटन पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिए । बहुमूल्य जडिबुटी यार्सागुम्बाको अवैध चोरी निकाशी रोक्न नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी पचिालन गरेर पाटन भित्रने सम्पूर्ण नाकाहरू बन्द गर्ने निणर्य भएको प्रजिअ ढकालको बताए ।

यससँगै जिल्लाका आठवटै स्थानीय तहले अक्सिजनसहित सुविधायुक्त आइसोलेशन बेड, क्वारेन्टाइनको, स्वास्थ्यर्कीको व्यवस्था गर्नुका साथै औषधि तथा एन्टिजिन किट मौज्दात राख्नुपर्ने निर्णय समेत गरिएको छ ।

डोल्पाका २०० भन्दा धेरै पाटनमा यार्सागुम्बा पाइन्छ । कोरोना भाइरस सङ्क्रमण फैलन नदिन डोल्पा प्रशासनले वैशाख २१ देखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ९ : १५ बजे

मधेश केन्द्रित ७ दलको ‘अग्रगामी मोर्चा’ घोषणा

काठमाडौं – मधेश केन्द्रित राजनीतिक दलहरूबीच नयाँ राजनीतिक मोर्चा गठन

‘इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा’

एजेन्सी– इरान र ओमान बीच चलिरहेको वार्तामा सकारात्मक प्रगति भएको

लिङ्देनले भने- राप्रपा कार्यकर्ताको राजनीतिक भविष्यको जिम्मा म लिन्छु

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा

महाधिवेशनको प्रक्रिया केन्द्रीय समिति बैठकपछि अघि बढ्छ : सभापति थापा

भक्तपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसमितिको बैठकपछि

टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय तथा पर्यटकीय गतिविधि बन्द

बेइजिङ- टाइफुन डल्फिन चीनको पूर्वी तटतर्फ अघि बढेपछि अधिकारीहरूले उच्च सतर्कता