१ हजार बढी कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत (विवरणसहित) | Khabarhub Khabarhub

१ हजार बढी कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत (विवरणसहित)


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार बढी कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आइतबारको तथ्यांक अनुसार देशभर हाल ८३२ कोरोना संक्रमितको आईसीयूमा र २६७ को भेन्टिलेटरमा गरी कुल १ हजार ९९ जना उपचाररत छन्। मन्त्रालयलेका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन् ।

आइतबारसम्मको तथ्यांक अनुसार प्रदेश १ मा ११३ जना आईसीयूमा र १७ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ६० आईसीयूमा र ३७ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ४४३ जनाआईसीयूमा र १५७ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ६१ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ८६ जना आईसीयूमा र २१ जना भेन्टिलेटरमा, कर्णालीमा ३३ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ३६ जना आईसीयू र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा १६९ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा छन्। १ हजार ४ सय ६ जना आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ७ : ३० बजे

हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरको रूपमा विकास गरिने

बागमती– बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई महिलामैत्री र

दलहरूलाई पूर्वराष्ट्रपति यादवको सन्देश : अब चुनावभन्दा दायाँ–बायाँ सोच्ने समय छैन

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका

गुल्मीमा विद्युत् महसुलमा दिँदै आएको अनुदान रकम कटौती

गुल्मी– गुल्मीको मदाने गाउँपालिकाले स्थानीय नागरिक र सामुदायिक खानेपानी योजनाका

बहुविवाहको मुद्दामा समातिए एमाले केन्द्रीय सदस्य शेर्पा

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्