रियल मड्रिड बराबरीमा रोकिँदा ला लिगाको उपाधी होड रोमाञ्चक « Khabarhub

रियल मड्रिड बराबरीमा रोकिँदा ला लिगाको उपाधी होड रोमाञ्चक


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र सेभिल्लाले बराबरी खेलेका छन् ।

बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड सेभिल्लासँग २–२ को बराबरीमा रोकिएको हो ।

अवे मैदानमा भएको खेलमा सेभिल्लाले २२औँ मिनेटमा रिगेसको गोलबाट अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा अंक बाढ्नु पर्‍यो ।

६७औँ मिनेटमा गोल गर्दै मार्को एसेन्सिओले रियललाई बराबरीमा ल्याए । त्यसको ११ मिनेटपछि सेभिल्लाले फेरि अग्रता लियो । ७८औँ मिनेटमा रेकिटिकले पेनाल्टीमा गोल गर्दै सेभिल्लालाई अग्रता दिलाए ।

इन्जुरी समयको चौथो अर्थात ९४औँ मिनेटमा इडन हजार्डले गोल गरि रियल मड्रिडलाई हारबाट जोगाए ।

बराबरीसँगै रियल दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ३५ खेलबाट ७७ तथा दोस्रो स्थानको रियल मड्रिड र तेस्रो स्थानको बार्सिलोनाको समान ७५ अंक रहेको छ ।

चौथो स्थानको सेभिल्लाको ७१ अंक छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ६ : ४० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि