रियल मड्रिड बराबरीमा रोकिँदा ला लिगाको उपाधी होड रोमाञ्चक « Khabarhub

रियल मड्रिड बराबरीमा रोकिँदा ला लिगाको उपाधी होड रोमाञ्चक


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र सेभिल्लाले बराबरी खेलेका छन् ।

बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड सेभिल्लासँग २–२ को बराबरीमा रोकिएको हो ।

अवे मैदानमा भएको खेलमा सेभिल्लाले २२औँ मिनेटमा रिगेसको गोलबाट अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा अंक बाढ्नु पर्‍यो ।

६७औँ मिनेटमा गोल गर्दै मार्को एसेन्सिओले रियललाई बराबरीमा ल्याए । त्यसको ११ मिनेटपछि सेभिल्लाले फेरि अग्रता लियो । ७८औँ मिनेटमा रेकिटिकले पेनाल्टीमा गोल गर्दै सेभिल्लालाई अग्रता दिलाए ।

इन्जुरी समयको चौथो अर्थात ९४औँ मिनेटमा इडन हजार्डले गोल गरि रियल मड्रिडलाई हारबाट जोगाए ।

बराबरीसँगै रियल दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ३५ खेलबाट ७७ तथा दोस्रो स्थानको रियल मड्रिड र तेस्रो स्थानको बार्सिलोनाको समान ७५ अंक रहेको छ ।

चौथो स्थानको सेभिल्लाको ७१ अंक छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ६ : ४० बजे

तस्बिरमा हेर्नुहोस्, राप्रपाको सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम 

काठमाडौं– राप्रपाले सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम आयोजना

बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त

भक्तपुर– देशको राज्यव्यवस्था सञ्चालन र सुशासनबारे बालबालिकालाई जानकारी दिने उद्देश्यले

चर्चामा ‘पारी बुटोल’को टिजर

काठमाडौं – ग्याङस्टार जनारमा निर्माण भएको फिल्म ‘पारी बुटोल’ को

गृहमन्त्री गुरुङ भन्छन्- आरोप र सत्य एउटै कुरा होइन

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी

विवादमा मुछिएपछि गृहमन्त्रीको स्पष्टीकरण : २५ लाख सेयर लुकाइएको होइन, अनुसन्धानमा सघाउँछु

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी