महँगो मुल्यमा स्यानिटाइजर बिक्री गर्ने तीन फार्मेसीमाथि कारबाही « Khabarhub

महँगो मुल्यमा स्यानिटाइजर बिक्री गर्ने तीन फार्मेसीमाथि कारबाही


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर–स्यानिटाइजर महँगोमा बिक्री गरेको आरोपमा मोरङमा तीनवटा फार्मेसीलाई कारबाहीमा गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले आइतबार बजार अनुगमन गर्ने क्रममा उपभोक्ताबाट बढी मूल्य लिएर स्यानिटाइजर बिक्री गरी ठगी गर्ने तीन वटा फार्मेसीलाई कारबाही गरेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलका अनुुसार मोरङको बूढीगंगा–२ टंकिसिनुवारीमा रहेको विज्ञान फार्मेसीले ८० रुपैयाँमा खरिद गरेको १२० एमएलको रब क्लिन ब्राण्डको स्यानिटाइजर उपभोक्तालाई १६५ रुपैयाँमा बिक्री गरेको अनुगमनका क्रममा भेटिएको थियो । सो फार्मेसीलाई वाणिज्यले दुई लाख रुपैयाँ जरिवाना गराएको छ ।

वाणिज्यले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) बमोजिमको कसुर गरेको भन्दै जरिवाना गरेको हो । अनुगमनकै क्रममा विराटनगर–२ स्थित विराट नर्सिङ होमअगाडि सञ्चालित उक्त फार्मेसी र सोही स्थानमा रहेको बिनुका फार्मेसीलाई पनि वाणिज्य कार्यालयले जरिवाना तिराएको छ । वाणिज्यले उक्त फार्मेसीलाई ५ हजार रुपैयाँ र बिनुकालाई २० हजार रुपैयाँ जरिवाना गराएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ११ : ३० बजे

बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’को निर्माता रेखा थापा

काठमाडौं – नायिका बेनिशा हमालको डेब्यू नाटकमा अर्की नायिका रेखा

भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको

इन्धनमा लाग्दै आएको ५० प्रतिशत कर छुट दिने सरकारको निर्णय

काठमाडौं- सरकारले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने भन्सार महसुल

दादुराविरुद्ध बङ्गलादेशको आपत्कालीन अभियान

ढाका– एक महिनाभित्रै १०० भन्दा बढी बालबालिकाको ज्यान जाने गरी

फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले