कोरोना संक्रमण बढेपछि एसईई र कक्षा १२ को परीक्षा स्थगित | Khabarhub Khabarhub

कोरोना संक्रमण बढेपछि एसईई र कक्षा १२ को परीक्षा स्थगित


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — कोरोना संक्रमण बढेपछि राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।

आज बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेदेखि सञ्चालनको तयारी भएको एसईई र जेठ २६ गतेबाट हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

सरकारले पनि परीक्षा नचलाउ भनेको र कोरोना भाइरसको महामारी झन् झन् बढ्दै गएकाले तत्कालका लागि परीक्षा स्थगित गरिएको उनले बताए ।

जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि ५ लाख १७ हजार परीक्षार्थी तयारी अवस्थामा थिए । बोर्डले प्रश्नपत्र छपाइको काम पनि सकेको थियो । परीक्षाका लागि देशभर २ हजार १९ परीक्षा केन्द्र तोकिएको थियो ।

यस्तै जेठ २६ बाट हुने कक्षा १२ को परीक्षा पनि स्थगित भएको छ ।  १२ कक्षामा करिब ४ लाख परीक्षार्थी छन् । बोर्ड बैठकले एसईई र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने अध्ययन गर्न ५ सदस्यीय कार्यदलसमेत गठन गरेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १० : ४४ बजे

एसियन लाइफ इन्सुरेन्सले ५.३६ प्रतिशत लाभांश दिने 

काठमाडौं– एसियन लाइफ इन्सुरेन्सले लाभांश दिने भएको छ । कम्पनीको

हाँस्ने शैलीले थाहा हुन्छ मान्छेको स्वभाव

काठमाडौं– भनिन्छ जो हाँस्छ उही बढी बाँच्छ । चिकित्सकबाट नै

वाईसीएलमा पदाधिकारी नै ७४ सदस्यीय : २२ जना उपाध्यक्ष, ३१ जना सचिव, १९ जना सहसचिव

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ

जलवायु परिवर्तनले भारतीय किसानहरू समस्यामा

एजेन्सी– भारतको महाराष्ट्र राज्यको एउटा सानो खेतमा कुरा गर्दै मीराबाई

संसद् आज २ बजेदेखि सञ्चालन हुन्छ : सभामुख

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज २ बजेदेखि संसद् बैठक