प्रधानमन्त्रीलाई विश्वासको मत नदिने माओवादी केन्द्रको निर्णय « Khabarhub

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने माओवादी केन्द्रको निर्णय


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

आज बसेको माओवादी संसदीय दलको बैठकले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हाल्ने र यो अधिवेशनलाई अविश्वासको प्रस्तावसम्म पुर्‍याउने निर्णय गरेको हो ।

माओवादीका सांसद देवेन्द्र पौडेलले आज आफूहरूको तर्फबाट अविश्वास प्रस्ताव दर्ताको तयारी रहेको समेत जानकारी दिए ।

उनले भने, ‘तर परिस्थिति के हुन्छ, सदनमा प्रधानमन्त्री कसरी प्रस्तुत हुनुहुन्छ हेरौं ।’

प्रधानमन्त्रीको राजीनामा नआए अविश्वासको प्रस्ताव दर्ता गर्ने पौडेलले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १ : ०० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना