यसरी तयार भयो ‘ओले ओले’ गीत « Khabarhub

यसरी तयार भयो ‘ओले ओले’ गीत


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– कुनै समय बलिउडका गीत र अभिनेताको स्टाइलले बजारको स्टाइल तय गथ्र्यो । ऋषि कपूरको स्वेटर होस् या सुपरहिट गीत सबैलाई दर्शकले उत्तिकै मनपराउथे ।

एउटा यस्तै सुपरहिट गीत थियो फिल्म ‘ये दिल्लगी’को ‘ओले–ओले’ । यो गीत यति सुपरहिट थियो कि तत्कालिन समयमा जुनसुकै पार्टीमा अनिवार्य बज्दथ्यो ।

एबीपी लाइभका अनुसार डीजेमा गीत बज्नासाथ जोकोही फिल्मका अभिनेता सैफ अली खानजस्तै नाँच्न थाल्थे । यो गीत जति हिट छ, त्यति नै यो गीत बन्नु पछाडिको कथा बेग्लै छ ।

यो गीत समीर सेन र दिलीप सेनले लेखेका थिए । गीत यति हिट भयो कि फिल्म निर्माताहरु समीरलाई यस्तै तडक भडक किसिमको गीत माग गर्न थाले ।

फिल्म यशराज ब्यानरमा बनिरहेको थियो । समीर र दिलीपले फिल्मका लागि जम्मा तीन गीत लेखेका थिए । यो गीतलाई उनीहरुले तेस्रो नम्बरमा राखेका थिए ।

जब यश चोपडालाई अन्य दुई गीत सुनाए, उनले दुई गीत अस्वीकार गरे । अन्त्यमा दुवैले यशराजलाई तेस्रो गीत सुनाउदा उनले गीत सुपरहिट साबित हुने घोषणा गरे ।

यो गीत तयार हुनुमा अर्को रोचक किस्सा छ । समीर र दिलीप आफ्नो कारमा कतै जाँदै थिए । त्यहीबेला अचानक बाटोमा पानीसँगै असिना पर्न थाल्यो । त्यसपछि समीरले असिनालाई गीतमा कतै प्रयोग गर्न सकिने सोच बनाए । अनि उनले लेखे ‘ओले ओले’ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  २ : २० बजे

नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

भोजपुर– भोजपुरमा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ ।

अस्पताल भवन बन्यो, सञ्चालनमा आएन

म्याग्दी– शिरानमा ६ भिरालो जग्गामा गुजुमुज्ज परेको दोवागाउँ । गाउँको

हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री

हुम्ला– प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ११ दिनमात्र बाँकी रहँदा हिमाली

आचारसंहिता उल्लङ्घनका २० हजार प्रचार सामग्री हटाइए

धनुषा– यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल