‘वन्डर वुमन’ अभिनेत्रीमाथि निर्देशकद्वारा दुर्व्यवहार | Khabarhub Khabarhub

‘वन्डर वुमन’ अभिनेत्रीमाथि निर्देशकद्वारा दुर्व्यवहार


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– हलिउड फिल्म ‘वण्डर वुमन’ अभिनेत्री गल डोटमाथि फिल्म ‘जस्टिस लिग’का निर्देशक जोस ह्वेडनले दुर्व्यवहार गरेको खुलासा भएको छ । सन् २०१७ मा रिलिज सुपरहिरो फिल्म ‘जस्टिस लिग’का निर्देशक जोसले गललाई उनको करियर बिगार्ने धम्की दिएका थिए ।

आजतकका अनुसार गलले आफैं यो कुराको खुलासा गरेकी हुन् । फिल्म ‘जस्टिस लिग’को निर्देशन ज्याक स्नाइडरले गरिरहेका थिए । तर उनको परिवारमा भएको एक दुःखद घटनाका कारण उनले बीचमै फिल्म छोडेका थिए ।

त्यसपछि यो फिल्मलाई पुरा गर्ने जिम्मेवारी जोसको काँधमा आइलाग्यो । फिल्ममा काम गरिरहँदा जोसको सोच र आफू प्रतिको दुर्व्यवहारका कारण गल निरास बनेकी थिइन् ।

‘जस्टिस लिग’को रि–सुटको समयमा गलले जोसको सोचाइमा आपत्ति जनाएर आफ्नो सिन दिन अस्वीकार गरेकी थिइन् । जसको बदलामा जोसले गललाई उनको करियर बर्बाद बनाउने धम्की दिएका थिए । उनले फिल्म ‘वण्डर वुमन’को निर्देशक पेटी जेकिन्सलाई बद्नाम गर्ने धम्की पनि दिएका थिए ।

फिल्म रिलिजको बेला जोसले गलमाथि दुर्व्यवहार गरेको चर्चा चले पनि त्यो समयमा गलले केही बोलेकी थिइनन् । ‘उसले मेरो करियर खराब गर्ने धम्की दिएको थियो । उसले मैले केही गरेमा करियर खराब बनाउने बनेको थियो । त्यसपछि मैले आफैं यो कुरालाई व्यवस्थापन गरें’, उनले भनेकी छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १० : १५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड