देउवाले डाके तीन दलको बैठक, नयाँ सरकार गठनबारे छलफल हुने « Khabarhub

देउवाले डाके तीन दलको बैठक, नयाँ सरकार गठनबारे छलफल हुने


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक डाकेका छन् ।

नयाँ सरकारको सम्भावित गठबन्धन समेत ठानिएका दुई दल, माओवादी केन्द्र र जसपाका नेतालाई देउवाले आफ्नै निवास बुढानिलकण्ठमा दिउँसो २ बजे छलफलका लागि बोलाएका हुन् । बैठकमा नयाँ सरकार बनाउनबारे छलफल हुने कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको नयाँ सरकार गठनका लागि वैशाख ३० सम्मको समयसीमा दिएपछि तीन दल छलफलमा जुट्न लागेका हुन् ।

कांग्रेस, माओवादी केन्द्र र जसपाको एउटा खेमा नयाँ सरकार गठनका लागि अग्रसर भए पनि जसपाको महन्थ ठाकुर समूहले साथ नदिएसम्म सरकार बन्ने सम्भावना छैन ।

ठाकुरले नयाँ सरकार बनाउने कसरतमा नलाग्ने घोषणासमेत गरिसकेका छन् । ओलीले विश्वासको मत लिँदा जसपाका १५ सांसदले कतै पनि मत नहाली तटस्थ बसेका थिए ।

तर, नेकपा एमालेका माधव कुमार नेपाल पक्षका सांसदले राजीनामा गरेको खण्डमा जसपाको ठाकुर पक्षबिना पनि बहुमतको सरकार बन्ने सम्भावना देखिन्छ । एमालेको नेपाल पक्षका १८ सांसदले राजीनामा दिएको अवस्थामा सांसदको कायम संख्या २५३ हुन पुग्दछ। कांग्रेस ६१,माओवादी केन्द्र ४८ (सभामुख बाहेक), जसपा १६, जनमोर्चा र स्वतन्त्र १/१ गर्दा १२७ मतले बहुमत पुग्दछ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ९ : ४४ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र