यसकारण भारतमा रोकियो जेम्स बोण्डको ‘स्काइफल’ सुटिङ « Khabarhub

यसकारण भारतमा रोकियो जेम्स बोण्डको ‘स्काइफल’ सुटिङ


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– जेम्स बोण्ड सिरिजका फिल्म संसारकै लोकप्रिय फिल्ममा गनिन्छ । एक्सन एडभेञ्चर फ्रेञ्चाइजीको यो फिल्म नहेर्ने सायद कोही नहोलान् ।

हलिउड रिपोर्टरका अनुसार जेम्स बोण्डको ‘स्काइफल’ भारतमा सुटिङ हुने तयारीमा थियो । सन् २०१२ मा रिलिज यो फिल्मको केही दृश्य भारतमा सुटिङ गरिने अन्तिम तयारी भइरहेको थियो ।

तर भारतको रेल मन्त्रालयले राखेको शर्तका कारण फिल्मका निर्माताले भारतमा सुटिङ गर्ने सबै योजना रद्द गरिदिए ।

रेलवेका पूर्व मन्त्री दिनेश त्रिवेदीले बोण्ड फिल्मका निर्माता समक्ष तीन बुँदे शर्त राखेका थिए । जसमा एक शर्त जेम्स बोण्डको भूमिका निभाउने अभिनेता डेनियल क्रेगले भारतीय रेलवेको प्रचार गर्नुपर्ने थियो ।

‘मैले उनीहरुसमक्ष तीनवटा शर्त राखेको थिएँ । पहिलो शर्तमा उनीहरुले फिल्ममा भारतमा रेल यात्रीहरु रेलमाथि चढेर पनि यात्रा गर्छन् भनेर देखाउन नपाइने थियो । दोस्रो शर्तमा सुटिङको समयमा कुनै पनि प्रकारको सुरक्षासँग सम्झौता नगरिने थियो । तेस्रो शर्त चाहिँ जेम्स बोण्ड भारतीय रेलवेको ब्राण्ड एम्बेसडर हुनुपर्ने थियो’, उनले भनेका छन् ।

त्रिवेदीका अनुसार तेस्रो शर्तमा जेम्स बोण्ड अचम्मित भएका थिए । ‘तेस्रो शर्त जोसमा राखिएको थियो । यसमा जेम्स बोण्डले भारतीय रेलव जेम्स बोण्डभन्दा शक्तिशाली रहको छ भनेका थिए’, त्रिवेदीले सम्झिएका छन् ।

फिल्मका निर्माता दोस्रो र तेस्रो शर्त मान्न तयार थिए । तर उनीहरु पहिलो शर्तमा असमर्थ देखिए । ‘फिल्ममा जेम्स बोण्डले ट्रेनको छतमा चढेर फाइट खेल्नुपर्ने एक दृश्य छ । तर छत नै देखाउन नमिल्ने भएपछि किन भारत आउने भन्ने उनीहरुको भनाई थियो’, त्रिवेदी भन्छन् ।

भारतमा सुटिङ गरिने भनिएको बोण्ड फिल्म अन्ततः टर्कीमा गरिएको थियो । बजारमा पछ्याउने सिक्वेन्स इस्तानबुलमा सुटिङ गरिएको थियो ।

जेम्स बोण्ड फिल्मको इतिहासमा ‘स्काइफल’ ले सबैभन्दा राम्रो समीक्षा पाएको थियो । यो सिरिजको सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ११ : ३५ बजे

नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

भोजपुर– भोजपुरमा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ ।

अस्पताल भवन बन्यो, सञ्चालनमा आएन

म्याग्दी– शिरानमा ६ भिरालो जग्गामा गुजुमुज्ज परेको दोवागाउँ । गाउँको

हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री

हुम्ला– प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ११ दिनमात्र बाँकी रहँदा हिमाली

आचारसंहिता उल्लङ्घनका २० हजार प्रचार सामग्री हटाइए

धनुषा– यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल