आर्थिक संकटमा अभिनेत्री श्रुति | Khabarhub Khabarhub

आर्थिक संकटमा अभिनेत्री श्रुति


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–कोरोना भाइरसको कहरले भारतलाई पुरै हल्लाएको छ । यो महामारीले मानिसहरु मरेका मात्र छैनन्, धेरै मानिसहरु आर्थिक संकटमा पनि परेका छन् ।

यो समस्याबाट बलिउडका कलाकारहरु अछुतो छैनन् । दैनिक जागरणका अनुसार दक्षिण भारतीय फिल्मका दिग्गज अभिनेता कमल हासनकी छोरी श्रुति महामारीको समयमा पनि आफ्नो आवश्यकता पुरा गर्न काम गरिरहेकी छन् ।

‘मेरो आर्थिक अवस्था ठीक नभएका कारण यो महामारीका बीच सुटिङको लागि तयारी अवस्थामा छु । म घरमा लुकेर महामारीको समाप्तीको समय पर्खन सक्दिनँ । त्यसकारण म काममा फर्किन चाहन्छु’, उनले भनेकी छन् ।

श्रुतिले कोरोना महामारी आउनु अघि आफ्ना लागि घर किनेकी थिइन् । उनी यो घरमा  एक्लै बस्छिन् । त्यहीकारण पनि उनले आर्थिक संकटको सामना गरिरहनु परेको छ ।

उनले आफूसँग सुटिङका अलावा अन्य पेशेवार प्रतिबद्धता रहेकाले ती कुरालाई पुरा गर्नु आफ्नो दायित्व भएको बताइन् । ‘हामी अलग अलग पैसा कमाउछौं । तर हामी सबैसँग भुक्तान गर्नका लागि बिल छ । त्यहीकारण मलाई काममा फर्कनुपर्नेछ’, उनले भनेकी छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १२ : ०७ बजे

प्रितिलाई अक्षयसँग फेरि फिल्म खेल्ने रहर

काठमाडौं – सन् २००० को दशकको व्यस्त बलिउड नायिका प्रिति

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– सत्तासाझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ

सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको पहिलो