योजना अनुसार गर्भधारण भएको छैन ? यी कुरा ख्याल गर्नुहोस् « Khabarhub

योजना अनुसार गर्भधारण भएको छैन ? यी कुरा ख्याल गर्नुहोस्


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्भधारण हरेक महिलाको जीवनमा महत्वपुर्ण हुन्छ । तर विभिन्न कारणले धेरैले समयमा गर्भधारण गर्न सक्दैनन् ।

गर्भधारण नहुनुमा यौन दुर्बलता, वंशानुगत समस्या, ३५ वर्षभन्दा माथिको उमेर लगायतका कारण हुनसक्छन । यस अलावा अन्य निम्न कारणले पनि गर्भधारण नहुन सक्छ ।

१. यौन सक्रियता
गर्भधारण हुनमा एकै पटकको यौन मात्र उपयोगी नहुन सक्छ । कतिपय अवस्थामा पर्याप्त यौन कार्य नहुँदा पनि गर्भधारण नहुन सक्छ । जसकालागी यौन अपरिहार्य छ ।

यौन केवल बच्चा जन्माउन मात्र नभई सम्बन्धका सुमधुर बनाउन पनि जरुरी छ । उचित यौन सक्रियताले महिलाको हर्मन सक्रिय भई प्रजननका दृष्टिले सक्षम बनाउने गर्दछ ।

२. अत्याधिक तौल
बढी तौल गर्भधारण नहुनुमा एक कारणमा पर्दछ । यसमा महिला भन्दा पनि पुरुषको तौल मुख्य कारक हुन्छ ।

अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसार तौल बढी भएका अर्थात् धेरै मोटोपन हुने जोडीको ठिक्क तौल भएका जोडीले भन्दा सन्तान जन्माउने संभावना ५९ प्रतिशत कम रहन्छ ।

२. तनाव
हरेक गर्भवती महिलाले गर्भको बच्चालाई असर पर्ने भएकोले तनावमुक्त हुनु पर्दछ । तर, गर्भवती हुन चाहने जोडी पनि तनावमुक्त हुनु आवश्यक छ ।

ह्युमन रिप्रोडक्समा प्रकाशित अध्ययन अनुसार बढी तनाव लिने महिला वा पुरुषमा अन्य साधारण जोडीको तुलनामा बच्चा जन्माउन नसक्ने खतरा दोब्बर हुन्छ ।

४. जिममा धेरै जाने
हुनत व्यायाम फाइदाजनक छ । बच्चा जन्माउने अवस्थापूर्व पनि गर्भवती महिलाले सामान्य व्यायाम गर्नु पर्दछ । तर, गर्भवती हुन चाहने महिलाले सामान्य व्यायाम मात्र गर्नुपर्छ ।

अत्याधिक व्यायामले महिलालाई गर्भधारण गर्ने क्षमतामा ह्रास ल्याउँछ ।

५. धेरै स्क्रिन हेर्नु
अत्यधिक टेलिभिजन, मोवाइल, ल्यापटप हेर्ने र निष्क्रिय जीवन बिताउने पुरुषको वीर्यमा ह्रास हुन्छ ।

ब्रिटिश जर्नल अफ स्पोर्ट मेडिसियनमा प्रकाशित अध्ययन अनुसार सातामा २० घण्टा भन्दा बढी टेलिभिजन हेर्ने पुरुषमा वीर्यको तीब्रता ४४ प्रतिशतले घट्दछ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ११ : ४५ बजे

फिफा विश्वकप : टर्कीविरुद्ध पाराग्वेको जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार ४५८ सवारीचालकलाई सवारी

२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ

काठमाडौँ– प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा

एक हिट खोजिरहेका ‘मुन्द्रे’

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका