चीनमा जनसंख्या वृद्धिदर प्रत्येक वर्ष घट्दै « Khabarhub

चीनमा जनसंख्या वृद्धिदर प्रत्येक वर्ष घट्दै


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा जनसंख्या वृद्धिदर प्रत्येक वर्ष घट्दै गएको छ । यसपटकको तथ्यांक अनुसार चीनको जनसंख्या वृद्धिदर केही दशक यताकै कम देखिएको छ।

चीन सरकारले मंगलबार जारी गरेको नयाँ तथ्यांक अनुसार गएको १० वर्षमा औषतमा वार्षिक जनसंख्या वृद्धिदर ०.५३ प्रतिशत देखिएको छ।

सन् २०००–२०१० को दशकमा यो दर ०.५७ प्रतिशत थियो। जनगणनाको नयाँ तथ्यांक अनुसार चीनको जनसंख्या एक अर्ब ४१ करोडभन्दा बढि पुगेको छ।

तथ्यांकमा जनसंख्या वृद्धिदर थप कम देखिएपछि दम्पतीहरुलाई बच्चा जन्माउन प्रेरित गर्ने खालका नयाँ योजना ल्याउन चीन सरकारमाथि दबाब परेको छ।

सन् २०२० को अन्त्य तिर गरिएको गणनाको प्रतिवेदन गएको अप्रिलमै सार्वजनिक गर्ने तयारी थियो। सन् १९७९ मा चीनले जनसंख्या वृद्धि नियन्त्रण गर्न एक सन्तान नीति लागु गरेको थियो।

त्यसको प्रभाव अहिलेसम्म पर्दा जनसंख्या वृद्धिदर निकै कम देखिएको हो। सन् २०१६ मा चीन सरकारले एक सन्तान नीति बन्द गरिसकेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १ : १२ बजे

बालजु प्रहरी कार्यलय पुगे पूर्वगृहमन्त्री गुरुङ

काठमाडौं- पूर्वगृहमन्त्री सुदन गुरुङ बालजु प्रहरी कार्यलय पुगेका छन् ।

रास्वपा सरकारको बजेटले नतिजा दिन सक्दैन : वर्षमान 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन

अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु

सिड्नी- पश्चिमी अष्ट्रेलियाको दक्षिणी तटमा शनिबार सार्कले आक्रमण गर्दा एक

रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता

रसुवा– हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन तथा लाङटाङ क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान

देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री 

धादिङ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक