कोरोनाभाइरसको नयाँ प्रकार अझै विश्वव्यापी चिन्ताको विषय | Khabarhub Khabarhub

कोरोनाभाइरसको नयाँ प्रकार अझै विश्वव्यापी चिन्ताको विषय


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारत, बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोभिड–१९ का प्रकारहरूलाई जटिल प्रकारले भाइरसका रूपमा वर्गीकरण गरेको छ ।

डब्ल्यूएचओले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई सोमबार विश्वव्यापी चिन्ताको रूपमा वर्गीकरण गरेको छ । डब्लुएचओका अनुसार प्रारम्भिक अध्ययनहरूले भारतमा देखिएको बी.१.६१७ को सङ्क्रमण अन्य प्रकारभन्दा सजिलै फैलिने देखाएको बताउँदै यस विषयमा थप अध्ययनको आवश्यकता रहेको बताएको छ ।

डब्ल्यूएचओका प्राविधिक प्रमुखले सोमवार अहिले उपलब्ध खोपहरूको भारतीय प्रकारमाथि प्रभावकारिता कम हुनसक्ने देखिएको बताए । उनले यो प्रकारका लागि खोपको प्रभावकारीता कम हुनु नै चिन्ताको विषय भएको बताए ।

भारतमा भेटिएको यो प्रकार ३० भन्दा बढी मुलुकहरूमा फैलिसकेको डब्ल्यूएचआले जनाएको छ । यसबाहेक बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोभिड–१९ का प्रकारहरूलाई पनि डब्ल्यूएचओले उस्तै प्रकारले वर्गीकरण गरेको छ ।

कुनैपनि प्रकारलाई डब्ल्यूएचओले चिन्ताको प्रकारमा वर्गीकरण गर्दा सहज सङ्क्रमण, गम्भीर लक्षण, एन्टीबडीको कम प्रभावकारिता र उपचार एवम् खोपको कम प्रभावकारिताको आधार हेर्ने गरेको ती अधिकारीले बताए ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ८ : ३० बजे

मादी किनारको ऐतिहासिक ‘ठूलढुङ्गा’ ओझेलमा

लमजुङ- मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरदेखि ५०० मिटर नजिक

खडेरीले खेतसँगै किसानको मन पनि फाट्यो (तस्बिरहरू)

काठमाडौं- देशभर मनसुनी प्रणाली सक्रिय भएको लगभग दुई महिना जस्तो

एक सय ६५ ‘युवा सांसद’ ले लिए शपथ

काठमाडौं- देशभरका १६५ युवा सांसदले शपथ लिएका छन् । राष्ट्रिय

उपल्लो डोल्पाको मोरिम्ला नाका २० दिनका लागि खुला गरिने

सुर्खेत- उपल्लो डोल्पामा व्यापार गर्न यही साउन २५ गते नेपाल

बागमतीका समस्याग्रस्त सहकारीलाई ऋण चुक्ता गर्न ताकेता

काठमाडौं– बागमती प्रदेश सरकारअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थान समितिको कार्यालयले बागमती