टम क्रुजले फिर्ता गरे तीन ‘गोल्डेन ग्लोब अवार्ड’ | Khabarhub Khabarhub

टम क्रुजले फिर्ता गरे तीन ‘गोल्डेन ग्लोब अवार्ड’


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स–हलिउड फरेन प्रेस एसोसिएसन(एचएफपीए)लाई लिएर विवाद चलिरहँदा अभिनेता टम क्रुजले आफ्नो तीन ‘गोल्डेन ग्लोब अवार्ड’ फिर्ता गरेका छन् ।

दैनिक भास्करअनुसार क्रुजको अवार्ड फिर्ता गर्नु अघि एनबीसीले सन् २०२२ मा ‘गोल्डेन ग्लोब अवार्ड’ प्रसारण नगर्ने घोषणा गरेको थियो ।

टमले सन् १९९० मा ‘बर्न अन द फोर्थ अफ जुलाई’ र सन् १९९७ मा ‘जेरी मेग्यूयर’का लागि ‘बेस्ट एक्टर’को ‘गोल्डेन ग्लोब अवार्ड’ जितेका थिए ।

यसका अलावा उनले सन् २००० मा ‘मेगनोलिया’का लागि ‘बेस्ट सपोर्टिङ एक्टर’को अवार्ड जितेका थिए ।

‘हामी मान्छौं कि एचएफपीए सार्थक सुधारका लागि प्रतिबद्ध छ । यद्यपि यसमा बद्लावका लागि काम र समय लाग्छ । हामी आशा गर्छौ कि एचएफपीएलाई यसलाई सही गर्नका लागि समय लाग्छ’ एनबीसीले भनेको छ ।

यो विवादको सुरुवात लसएञ्जल्सको मिडिया आउटलेटको एक रिपोर्ट पछि भएको थियो । रिपोर्टमा अर्गनाइजेसनले आफ्नो तत्कालीन ८७ सदस्यमा एउटा पनि अश्वेत पत्रकारलाई सहभागी नगराएको उल्लेख गरेको थियो ।

एचएफपीएका सदस्यमाथि सेलिब्रेटी र स्टुडियोसँग यौनिक, नस्लवादी टिप्पणी गर्ने र त्यसको समर्थन गरेको आरोप पनि लागेको थियो ।

एचएफपीएका साथ आफ्नो अस्वीकृति व्यक्त गर्ने क्रुज नयाँ हलिउड अभिनेता हुन् । यसअघि चारपटक ‘गोल्डेन ग्लोब अवार्ड’का लागि मनोनयनमा परेकी अभिनेता स्कार्लेट जोहानसनले पनि हलिउड उद्योगका व्यक्तिहरुसँग एचएफपीएबाट पछि हटनका लागि आग्रह गरेकी थिइन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ८ : ४५ बजे

प्रितिलाई अक्षयसँग फेरि फिल्म खेल्ने रहर

काठमाडौं – सन् २००० को दशकको व्यस्त बलिउड नायिका प्रिति

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– सत्तासाझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ

सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको पहिलो

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल