कतारमा कोरोना संक्रमणले २४ नेपालीको मृत्यु | Khabarhub Khabarhub

कतारमा कोरोना संक्रमणले २४ नेपालीको मृत्यु



दोहा- नेपाली श्रमिकहरुको रोजगारीको प्रमुख गन्तब्य कतारमा कोरोना भाइरसको संक्रमणले अहिलेसम्म २४ नेपालीको मृत्यु भएको छ ।

कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रवीण भट्टराईका अनुसार पहिलो लहरको संक्रमणले १८ जना तथा दोस्रो लहर शुरू भएपछि थप ६ नेपालीको मृत्यु भएको छ ।

मृतकहरुमध्ये परिवारको अनुमति लिएर २३ जनाको कतारमै अन्त्येष्टि गरिएको छ भने बाँकी १ जनाको कानुनी प्रक्रिया पूरा गरेर चाँडै अन्त्येष्टि गरिने भट्टराईले जानकारी दिए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोरोना संक्रमणका कारण विश्वभर २१ मुलुकमा ३ सय ८२ जना नेपालीको मृत्यु भैसकेको जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा कतारमा ३९२ जनामा संक्रमण पुष्टी भएको छ भने ८६२ जनालाई निको भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५६, ५८ र ७२ बर्षीय नागरिकको मृत्यु भएको जनाएको छ । योसंगै कतारमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५१९  पुगेको छ  ।

कतारमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार १२४ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या २ लाख ४ हजार ४९८ रहेको मन्त्रालयले जनाएको छ।

कतारमा अहिले ७ हजार १९७ वटा ‘एक्टिभ’ केस रहेका छन् । जसमध्ये ४११ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचाररत छ भने तीमध्ये २३१ जनाको आईसीयूमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ११ : ०१ बजे

ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

गोरखा – गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि

लस एन्जलसमा कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते

लस एन्जलस – अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा शनिबार बिहान

समाज परिवर्तनमा साहित्यकारको महत्वपूर्ण योगदान छ : रक्षा राई

काठमाडौं – रक्षामन्त्री मानवीर राईले समाजमा सकारात्मक सन्देश फैलाउने र

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

गलकोट– बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको