एमालेको 'नेपाल-खनाल' समूहले तत्काल राजीनामा नदिने | Khabarhub Khabarhub

एमालेको ‘नेपाल-खनाल’ समूहले तत्काल राजीनामा नदिने


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको ‘नेपाल–खनाल’ समूहले तत्कालै राजीनामा नदिने भएको छ ।

आज बिहान वरिष्ठ नेता माधवकुमार नेपाल र नेता विष्णु पौडेलबीच भएको छलफलपछि नेपाल–खनाल समूह तत्काल राजीनामा नदिने मनसायमा पुगेको हो ।

नेता सोमप्रसाद पाण्डेले दिएको जानकारीअनुसार अब अध्यक्ष केपी शर्मा ओलीको आगामी कदम हेरेर राजीनामा बारे निर्णय हुनेछ । उनले भने,‘अहिले भर्खर राजीनामा दिने कुरा छैन । अहिले अन्य विषयमा छलफल भइरहेको छ । हामी अहिले पनि छलफलमा छौँ।’

आज बिहान वरिष्ठ नेता नेपालसँग छलफल गर्न नेता विष्णु पौडेल नेपाल निवास कोटेश्वर पुगेका थिए । छलफलमा नेता सोमप्रसाद पाण्डे पनि सहभागी थिए ।

आजै बसेको एमालेको स्थायी कमिटि बैठकले वरिष्ठ नेता नेपालसँगै नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि गरेको कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  १२ : ०८ बजे

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

तनहुँ – तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

खडेरीपछिको वर्षाले किसानलाई राहत

धनुषा – लामो समयको पर्खाइपछि वर्षा हुँदा धनुषाका किसानलाई राहत

तायाःमचा नृत्यको प्रचारप्रसारका लागि नृत्य प्रतियोगिता

कास्की – नेवार समुदायमा प्रचलित तायाःमचा नृत्य यो समुदायमा मात्र