अक्सिजन सिलिण्डर आयात गर्न डलर सटहीमा लाग्ने सीमा हट्यो « Khabarhub

अक्सिजन सिलिण्डर आयात गर्न डलर सटहीमा लाग्ने सीमा हट्यो


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले अक्सिजनजन्य स्वास्थ्य सम्बन्धी महत्वपूर्ण सामग्री आयातका लागि डलर सटहीमा लाग्ने सीमा हटाएको छ ।

कोरोना महामारीको त्रास बढ्दै गएको र अक्सिजनको समेत अभाव देखिएको भन्दै राष्ट्र बैंकले डलर सटहीमा लाग्ने सीमा हटाइदिएको हो ।

अहिले प्रतितपत्र विना ड्राफ्ट/टीटीको माध्यमबाट हुने वस्तु आयातका लागि सटही सुविधा बढीमा एक पटकमा अमेरिकी डलर ३५ हजार वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्मका लागि मात्र प्रदान हुने व्यवस्था रहेको छ ।

अक्सिजन सिलिण्डर, अक्सिजन ट्यांकी, अक्सिजन जेनेरेटर लगायत अक्सिजनका अन्य सामग्रीहरु आयात गर्दा असार मसान्तसम्म उल्लिखित व्यवस्था अनिवार्य नहुने राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले जानकारी दिए ।

यसले अक्सिजन लगायतका जीवनोपयोगी सामग्री चाँडो भन्दा चाँडो आयात गर्न सहज हुने उनले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ५ : ३० बजे

बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले वर्षौँदेखि बन्द रहेका, निरन्तर घाटामा थलिएका

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौँ- मध्यपूर्वमा जारी सैन्य तनावका बीच साउदी अरेबिया, टर्की र

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या