उपत्यकाका अक्सिजन उद्योगमा राज्यमन्त्री मानन्धरद्वारा अनुगमन | Khabarhub Khabarhub

उपत्यकाका अक्सिजन उद्योगमा राज्यमन्त्री मानन्धरद्वारा अनुगमन


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले ललितपुर र काठमाडौँका केही अक्सिजन उद्योगमा उत्पादन अवस्थाबारे जानकारी लिएका छन् ।

अक्सिजनको अभाव भइरहेका बेला राज्यमन्त्री मानन्धरले काठमाडौँ उपत्यकाका अक्सिजन उद्योगमा अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा उद्योगले दैनिक ९ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने गरेकोमा मन्त्री मानन्धरले अधीकतन क्षमतामा उत्पादन गर्न निर्देशन दिए ।

कोरोना उपचारका लागि मुलुकभर अक्सिजनको अभाव भएको बताउँदै मन्त्री मानन्धरले जनताको जीवन रक्षाका लागि अति आवश्यक अक्सिजन उत्पादन र वितरण सहज बनाउन सरकार लागि परेको जानकारी दिए ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले हरेक उपायसहित उपचार सहज बनाउनेतर्फ ध्यान दिएको बताउँदै मन्त्री मानन्धरले संक्रमित हुनेकाे संख्या अधिक हुँदा बेड अभाव भएको बताए ।

सरकारले सबै सरकारी अस्पतालहरुमा काेभिड उपचारको प्रबन्ध मिलाएको बताउँदै मानन्धरले निजी क्षत्रका अस्पतालहरुमा पनि सुलभ रुपमा नागरिकको उपचारको प्रबन्ध गर्न सरकारले पहल गरेको बताए ।

मन्त्री मानन्धरले अक्सिजन अभावको समस्या केही दिन भित्र समाधान हुनेगरी काम भइरहेको दाबी समेत गरे ।

मन्त्री मानन्धरले बालाजुमा रहेको अक्सिजन उद्योगमा पनि उत्पादन अवस्था बारे अनुगमन गरेका थिए । मन्त्री मानन्धरले अक्सिजन अभाव हुन नदिन सरकर लागिरहेको बताउँदै समस्या परेका नागरिकलाई ( सीसीएमसी) सरकारले सञ्चालनमा ल्याएको हट लाइनमा फोन गर्न तथा सम्बन्धित क्षेत्रका जनप्रतिनिधिलाई जानकारी गराउन आग्रह समेत गरे ।

अक्सिजनको समस्या समाधानका लागि सबैको पहल र सहयोग आवश्यक रहेको बताउँदै उनलेआफू पनि समस्या समाधानका लागि फिल्डमै खटिएको बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ६ : ०१ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई