नेपाल समूहका सांसदको राजीनामा तत्काललाई टर्‍यो (भिडियोसहित) « Khabarhub

नेपाल समूहका सांसदको राजीनामा तत्काललाई टर्‍यो (भिडियोसहित)

ओली र नेपाल सहमति नजिक


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

व्यवसायी क्याप्टेन रामेश्वर थापाको निवास बुढानीलकण्ठमा भएको भेटवार्तापछि वरिष्ठ नेता नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको बताएका छन् । भेटवार्तामा ओली र नेपाल सहमति नजिक पुगेका छन् ।

बैठकपछि बाहिँरिदै वरिष्ठ नेता नेपालले फेरी बैठक बसेर समस्या समाधान गर्ने सहमति बनेको जानकारी दिए । उनले आज राजीनामा दिने विषय अब टरेको बताए । उनले भने, ‘राजीनामा दिने कुरा आज भएन । अब सहमतिको आधारमा टुंगो लाग्छ ।’

अध्यक्ष ओलीसँगको छलफलका क्रममा नेता नेपालले सर्वोच्च अदालतको फैसलापछि गरेका सबै निर्णय फिर्ता लिन आग्रह गरेको जानकारी दिए । उनले भने, ‘मिल्ने दिशामा अघि बढ्न खोजेका छौं । सबै कुराहरु आगामी बैठकपछि टुंगो लाग्छ ।’

हेरौँ भिडियो

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ६ : २० बजे

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले