स्वाब सङ्कलन एक साता बन्द « Khabarhub

स्वाब सङ्कलन एक साता बन्द


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– त्रिशूली अस्पतालमा आरटी–पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन एक साता बन्द हुने भएको छ ।
अस्पतालका प्रयोगशालामा रसुवा र धादिङ जिल्लाबाट समेत सङ्कलित नमूना सङ्ख्या एकसाताको लागि पुग्ने भएकाले सङ्कलन रोकिएको हो ।

स्वास्थ्य कार्यालयले बिहीबार सूचना जारी गरी नुवाकोट, रसुवा र धादिङका स्थानीय तहलाई अबको एक सातासम्म पीसीआर परीक्षणको लागि प्रयोगशालामा स्वाबको नमूना नपठाउन भनेको छ ।

कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेको अनुसार त्रिशूली अस्पतालको प्रयोगशालाको परीक्षण क्षमता दैनिक १८८ नमूना भएकोमा हाल एक हजार ५०० भन्दा बढी स्वाब परीक्षणको लागि प्राप्त भएको छ । उनका अनुसार जाँच गर्न सङ्कलन गरिएको नमूनाको नतिजा आउन अझै एकसाता लाग्ने छ ।

अस्पतालको प्रयोगशालामा एक पटकमा ९४ नमूना जाँच हुने र प्रयोगशालाबाट नमूनाको नतिजा आउन करीब १० घण्टा लाग्ने भएकाले दैनिक दुई चरणको परीक्षण गरिँदै आएको छ । हाल कोरोना सङ्क्रमणको जोखिम वृद्धि हुँदै गएसगैँ परीक्षण गराउने सङ्ख्या बढेको छ । अस्पतालमा पीसीआर परीक्षण निः शुल्क रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ७ : ०५ बजे

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले