आईपीएलमा आज दिल्लीको खेल : टोलीमा सन्दीप पर्ने सम्भावना कति ? « Khabarhub

आईपीएलमा आज दिल्लीको खेल : टोलीमा सन्दीप पर्ने सम्भावना कति ?


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापीटल्सले आज (शनिबार) राजस्थान रोयल्ससँग खेल्दैछ । इन्डियन प्रिमियर लिग (आईपीएल) को राउण्ड रोविन लिगको अन्तिम खेल राजस्थानसँग आफ्नै घरेलु मैदानमा खेल्दैछ । १३ खेलमा १६ अंक जोडेको दिल्ली ६ वर्षपछि पहिलो पटक प्लेअफमा पुगिसकेको छ भने राजस्थान लिगको छैठौं स्थानमा छ ।

आईपीएलमा घरेलु मैदानमा भएका ६९ खेलमा दिल्लीले ३० खेलमा जीत निकाल्न सफल भएको इएसपीएनक्रिक इनफोले उल्लेख गरेको छ । आजको खेलमा पनि दिल्ली राजस्थानमाथि जित निकाल्दै लिगको शीर्ष स्थानमा पुग्ने लक्ष्यससिहत मैदान उत्रिदैछ ।

११ अंकरहेको राजस्थानको भने प्लेअफ सम्भावना निकै कम छ । दिल्लसिँग जितेपनि १३ अंकमात्रै हुने राजस्थान भन्दा अगाडि एक खेल बाँकी रहँदा १२—१२ अंकसहित हैदरवाद र कोलकाता चौथो र पाँचौ स्थानमा छन् ।

दिल्लकिा लागि महत्वपूर्ण खेलाडी तथा आईपीएलका सर्वाधिक विकेट लिने खेलाडी कागिसो रबाडा टिममा नहुँदा भने केही हदसम्म दबाबमा रहनेछ । यस्तै, आर्यपीएलमा रन नियन्त्रण गर्न नसकेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आजको खेलमा टिममा स्थान पाउने सम्भावना कम छ ।

तरपनि अघिल्लो खेलमा सन्दीपको स्थानमा मैदान प्रवेश गरेका क्रिस मोरीस महँगा सावित भएका कारण सन्दीपले स्थान पाउने क्रिकेट विश्लेषकको आँकलन छ । मोरिसले एक विकेट लिँदै ४७ रन खर्चिएका थिए । त्यसोत, सन्दीपले यो सिजनको आईपीएलमा खेलेका ८ खेलबाट ८ विकेट लिएका छन् ।

सम्भावित दिल्ली टिम

पृथ्वी श्वा, श्रयस अयर (कप्तान), रिसभ पन्त, शिखर धवन, जगदेश सुचित, कोलिन इन्ग्राम, शेरफाने रुथफोर्ड, अक्जर पटेल, अमित मिश्रा, इसान्त शर्मा–ट्रेन्ट बोल्ट, सन्दीप लामिछाने–क्रिस मोरिस

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ११ : २७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै