एकै ठाउँमा १८ हात्ती मृत फेला परे « Khabarhub

एकै ठाउँमा १८ हात्ती मृत फेला परे


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तरपूर्वी भारतीय राज्य असमको जंगलमा एकै ठाउँमा १८ वटा हात्ती मृत फेला परेका छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार असमको नगावन जिल्लास्थित प्रस्तावित कुन्डोली आरक्षको पहाडमा बिहीबार हात्ती मृत फेला परेका हुन्। वन अधिकारीहरूले १४ वटा हात्ती एक ठाउँमा र ४ वटा अलि तल मृत भेटिएको बताएका छन्।

बुधबार राति परेको चट्याङका कारण यति ठूलो संख्यामा हात्ती मरेको हुन सक्ने अनुमान गरिएको छ। यद्यपी हात्ती के कारणले मरे भन्ने कारण खुलेको छैन । अधिकारीहरूले पोस्टमार्टम गरेपछि मृत्युको कारण थाहा हुने बताएका छन्।

मृत हात्तीको शुक्रबार पोस्टमार्टम हुँदैछ।

असमका मुख्यमन्त्री हिमान्ता विश्व शर्माले घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै घटनाको छानबिन गरी आफूलाई प्रतिवेदन बुझाउन भनेका छन्।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ८ : ५० बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका