२१ भाषामा रविशंकरको बायोपिक « Khabarhub

२१ भाषामा रविशंकरको बायोपिक


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– आध्यात्मिक गुरुका रुपमा विश्वभर प्रख्यात श्री श्री रविशंकरको बायोपिक फिल्म निर्माण हुने भएको छ । रविशंकरको शुक्रबार परेको जन्मदिनको अवसर पारेर फिल्म निर्माणको घोषणा गरिएको हो ।

एबीपीलाइभका अनुसार फिल्मको नाम ‘फ्री–द अनटोल्ड स्टोरी अफ गुरुदेव श्री श्री रविशंकर’ राखिएको छ । फिल्मलाई भव्य रुपले बनाउने तयारी तिब्र गतिमा गरिएको छ ।

फिल्म विश्वका १ सय ५० देशमा २१ भाषामा रिलिज हुनेछ । फिल्ममा कसले रविशंकरको भूमिका निर्वाह गर्नेछन् भन्ने बारे केही खुलाइएको छैन ।

फिल्मले रविशंकरको सुरुवाती जीवनलाई समेट्नेछ । फिल्ममा रविशंकर आध्यात्मिक गुरु बनेको र आफ्नो आध्यात्मिक कार्यबाट विश्वभरका मानिसलाई प्रभावित पार्ने कथालाई प्राथमिकता दिइनेछ ।

फिल्मको निर्माण महावीर जैनको कम्पनी सनडायल इन्टरटेनमेन्ट र लाइका ग्रुपले संयुक्त रुपमा गर्नेछन् । फिल्मको निर्देशन मान्टु बस्सीले गर्नेछन् । मान्टुले नै फिल्मको कथा लेखेका हुन् ।

फिल्मको छायांकन कोभिडको लकडाउन खुलेपछि हुनेछ । त्यो समयसम्म फिल्म निर्माणले अन्य प्राविधिक तयारी गर्नेछ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ११ : ०० बजे

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन

कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा बराल र शर्मा मनोनीत

काठमाडौँ । कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा दुई केन्द्रीय

प्रश्नपत्र ‘लिक’ प्रकरणमा पक्राउ परे कैलालीका सन्दीप सिंह

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा

गोरखाको नारीघाटमा महिलाको शव फेला

गोरखा । गोरखा नगरपालिका–१४ स्थित नारीघाटमा एक महिलाको बेवारिसे शव

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित

पर्सा – चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा यहाँस्थित नारायणी अस्पतालको