सवारी ज्यान मुद्दामा फरार रहेका वडाध्यक्ष सर्लाहीमा पक्राउ « Khabarhub

सवारी ज्यान मुद्दामा फरार रहेका वडाध्यक्ष सर्लाहीमा पक्राउ


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– प्रहरीले सवारी ज्यान मुद्दामा फरार रहेका सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष जयनारायण यादवलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी मदन कुँवरका अनुसार सवारी ज्यान मुद्दामा फरार रहेका उनलाई बिहीबार पक्राउ गरिएको हो ।

डीएसपी कुँवरका अनुसार गत शनिबार साँझ साढे ६ बजे बरहथवा नगरपालिका वडा नम्बर ३ भगवतीपुरस्थित भित्री सडकखण्डमा भगवतीपुरबाट उनी मोटरसाइकलमा सहिदपुर जाँदै गर्दा ४ वर्षीय बालक आदित्य महतोलाई ठक्कर दिएका थिए। ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको थियो।

घटनापछि वडाध्यक्ष यादव भने फरार भएका थिए। फरार भएका वडाध्यक्ष यादवलाई प्रहरीले खोजतलास गरी थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ११ : २१ बजे

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या