तनहुँमा टिपरको ठक्करबाट नेपाली सेनाका प्युठको मृत्यु « Khabarhub

तनहुँमा टिपरको ठक्करबाट नेपाली सेनाका प्युठको मृत्यु


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– गएराति तनहुँको आँबुखैरेनीस्थित खानीखोलामा टिपरले ठक्कर दिँदा एकजना नेपाली सेनाका प्युठको मत्यु भएको छ ।

प्रहरीका अनुसार टिपरको ठक्करबाट मृत्यु हुनेमा नेपाली सेनाका प्युठ सुरज बुढाथोकी रहेका छन् ।

दोलखाका बुढाथोकी इञ्जिनियरिङ पल्टन पोखरा एयरपोर्टमा कार्यरत थिए। उनी चढेको मोटरसाइकललाई टिपरले ठक्कर दिएको थियो। २७ वर्षीय बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज तिमिल्सेनाका अनुसार सोही मोटरसाइकलमा सवार रामेछाप जिल्ला गोकुलगङ्गा–४ का सिपाही २० वर्षीय अनिल खड्का घाइते भएका छन् । उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्लाको डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको वाग्मती प्रदेश–२–०१८प ७८९३ नम्बरको मोटरसाइकललाई विपरीत दिशामा गुडिरहेको ग१क २८७७ नम्बरको टिपरले आँबुखैरेनी गाउँपालिका-२ खानीखोलास्थित पृथ्वीराजमार्गमा ठक्कर दिँदा सो दुर्घटना भएको हो।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका चालक बुढाथोकीको तत्कालै उद्धार गरी पुरानो मेडिकल अस्पताल भरतपुर लगिएकामा उपचारका क्रममा भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ११ : ३१ बजे

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको