इजरायल–प्यालेस्टाइन द्वन्द्वले विवादमा तानिइन् गडोट « Khabarhub

इजरायल–प्यालेस्टाइन द्वन्द्वले विवादमा तानिइन् गडोट


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– फिल्म ‘वन्डर वुमन’ अभिनेत्री गल गडोट इजरायल र गाजाबीच भएको तनावका बारेमा गरेको ट्वीटका कारण विवादमा तानिएकी छन् ।

बीबीसीका अनुसार यी इजरायली अभिनेत्री तथा पूर्व ‘मिस इजरायल’ले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वका बारेमा ट्वीट गरेपछि आफ्नो देशमा शान्तिको कामना गरेकी थिइन् ।

‘म निकै दुःखी छु । यो एक दुश्चक्र हो, जुन निकै लामो समयदेखि चलिरहेको छ । इजरायललाई एक स्वतन्त्र र सुरक्षित राष्ट्रका रुपमा बाच्ने अधिकार छ । हाम्रो छिमेकीलाई पनि यो अधिकार छ । म पीडितहरु र उनीहरुको परिवारका लागि प्रार्थना गर्दछु । म यो अकल्पनीय शत्रुतालाई अन्त्य गर्न म मेरा नेतालाई प्रार्थना गर्दछु । यो समस्याको समाधान खोज्नलाई निवेदन गर्दछु । ताकि हामी काँधमा काँध मिलाएर शान्तिसँग बस्न सकौं’, उनले ट्वीटेकी छन् ।

उनको यो ट्वीटपछि ट्वीटर प्रयोगकर्ताले उनको खुलेर विरोध गरेका छन् । कट्टरपन्थी इस्लामीले गडोटको भनाईलाई नरसंहारको आरोप लगाएका छन् । केहीले उनको फिल्मलाई बहिस्कार गर्नसमेत माग गरेका छन् । कतिपयले उनलाई ‘हत्यारा’को आरोप पनि लगाएका छन् ।

गडोटले मोडलिङ र अभिनयमा पाइला चाल्नु अघि दुई वर्ष इजरायली डिफेन्स फोर्समा एक सैनिकका रुपमा काम गरेकी थिइन् ।

गडोट उनको फिल्म ‘वण्डर वुमन १९८४’बाट चर्चामा आएकी थिइन् । उनी चाँडै क्लियोपेट्राको बायोपिकमा देखिँदैछिन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १ : ०० बजे

नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

भोजपुर– भोजपुरमा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ ।

अस्पताल भवन बन्यो, सञ्चालनमा आएन

म्याग्दी– शिरानमा ६ भिरालो जग्गामा गुजुमुज्ज परेको दोवागाउँ । गाउँको

हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री

हुम्ला– प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ११ दिनमात्र बाँकी रहँदा हिमाली

आचारसंहिता उल्लङ्घनका २० हजार प्रचार सामग्री हटाइए

धनुषा– यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल