अक्सिजनसहित सय शय्याको आइसोलेशन बनाउँदै प्रदेश सरकार « Khabarhub

अक्सिजनसहित सय शय्याको आइसोलेशन बनाउँदै प्रदेश सरकार


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– धौलागिरि अस्पतालमा कोरोना सङ्क्रमितका लागि शय्या थप्न गण्डकी प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको छ । सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अस्पतालको क्षमता बढाउन रकम निकासा गरेको जनाएको छ ।

धौलागिरि अस्पतालमा अहिले ३७ सङ्क्रमितको उपचार भइरहेको छ तर अस्पतालको आइसोलेशन क्षमता भने जम्मा २५ शय्याको छ । त्यससँगै तीन आइसीयु र दुई भेन्टिलेटर मात्रै छन् ।

जनशक्तिको अभाव खड्किरहेको सन्दर्भमा अस्पतालमा शय्या अभाव र अवस्था थप जटिल भएपछि केहीलाई पोखरा काठमाडौँ हेलिकप्टरमार्फत पठाइएको छ भने कम समस्या भएका बिरामीलाई बागलुङ नगरपालिकाले रातमाटामा निर्माण गरिएको आइसोलेशनमा राखिएको छ ।

३६ शय्याको अक्सिजनसहितको रातमाटाको आइसोलेशनमा अहिले आठ सङ्क्रमित रहेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।

अस्पतालमा अक्सिजनसहितको थप १०० शय्या सेवा विस्तारका लागि प्रदेश सरकारले यही वैशाख २७ गते रु ६० लाख निकासा गरी अख्तियारी पठाएको सामाजिक विकास मन्त्रालयका डा रामबहादुर केसीले बताए । उनले अस्पतालमा तत्कालका लागि कोरोना नियन्त्रण गर्न उक्त रकम निकासा गरेको पत्र अस्पतालमा पठाएका थिए । पत्र प्राप्त भई कार्यान्वयनको तयारी थालेको अस्पतालले जनाएको छ ।

कोरोना रोकथाम, नियन्त्रण र उपचार कोष सञ्चालक समितिको निर्णयानुसार अस्पतालमा पीसीआर परीक्षणको दायरा बढाउन, शय्या व्यवस्थापन तथा निर्माण, अक्सिजन मर्मत र जडानका लागि रु ६० लाख विनियोजन भएर अख्तियारी आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १० : ५९ बजे

अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार

जेनेभा- अमेरिका र इरानबीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित

भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

भक्तपुर– भक्तपुर अस्पतालको १२३औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर अस्पतालले आज जिल्लामा रहेका

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल

गलकोट (बागलुङ)- बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा

प्रतिपक्षीलाई रवि-बालेनको सन्देश : नजिस्क्याऊ, सरकारको गाडी पाँच वर्ष तलमाथि हुँदैन

काठमाडौं – चितवन पुगेका प्रतिपक्षी दलहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

वन्यजन्तु पीडित किसानलाई राहत दिने गुल्मीदरबारको नीति

गुल्मी- गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाले वन्यजन्तुको सङ्ख्या वृद्धि भएकाले मानव–वन्यजन्तुबीचको