हिमाली जिल्लाको गाउँमा पनि फैलियो कोरोना | Khabarhub Khabarhub

हिमाली जिल्लाको गाउँमा पनि फैलियो कोरोना


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्ला जिल्ला सदरमुकाम सिमकोटमा सीमित रहेको कोरोना भाइरसको सङ्क्रमण पछिल्ला दिनहरुमा गाउँमा समेत देखिएको छ । सङ्क्रमण गाउँमा वृद्धि भएसँगै स्थानीयबासी चिन्तित हुन थालेका छन् ।

बुधबार सर्केगाड गाउँपालिकामा गरिएको कोरोनाको एन्टिजिन परीक्षणका क्रममा दुई जनामा सङ्क्रमण पुष्टि भएसँगै कोरोना गाउँमा प्रवेश गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । सो परीक्षणका क्रममा गाउँपालिका स्वास्थ्य संयोजक सहित अन्य दुईमा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी बाजुरासँग सिमाना जोडिएको ताँजकोट गाउँपालिकामा १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिकाले बुधबार र बिहीबार गरेको परीक्षणका क्रममा १३ पुरुष र ५ महिलामा सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले जानकारी दिए । बुधबारदेखि स्वास्थ्यकर्मीका दुई टोली बनाएर परीक्षण गरिएको थियो । उहाँले भन्नुभयो, “गाउँमा गाउँमा खटिएका टोलीले परीक्षण गर्ने क्रम जारी नै रहेकाले बिहीबार बेलुकासम्म्म १८ पुगेको हो ।”

सङ्क्रमित हुनेमा सबैभन्दा बढी वडा चारका दश जना छन् । लामो समयदेखि घरमै बिरामी परेकाहरु मध्येका अधिकांशमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य संयोजक स्यांकुले जानकारी दिए । मैला स्वास्थ्य चौकीबाट गएको स्वास्थ्यकर्मीको टोलीले परीक्षण गर्दा चार मध्ये तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । ताँजकोटका एक जनाको रिर्पोट भने नेगेटिभ आएको बताइएको छ ।

परीक्षण गर्न चार टोली परिचालन

हरेक वडामा बिरामीको सङ्ख्या देखिएपछि आफैले एन्टिजिन कीट खरीद गरेर बुधबारबाट परिक्षण शुरुआत गरेको ताँजाकोट गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष बागदल मल्लले कारोना परीक्षणमा तीब्रता दिइएको जानकारी दिए । “सङ्क्रमणको दर वृद्धि भएपछि परिक्षणको दायरामा ल्याउने योजनाका साथ स्वास्थ्यकर्मीका चारवटा समूह परिचलान गरेको हौं ”उनले भने, “परीक्षणबाट सङ्क्रमण पुष्टि भएकाहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा केहीलाई मैला स्वास्थ्य चौकीमा र केहीलाई घरमै बेग्लै राख्ने काम गरेका छौं ।”

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १० : ४५ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको