‘च्यालेञ्ज’ बनाउन अन्तरिक्ष जाँदै युलिया र क्लिम | Khabarhub Khabarhub

‘च्यालेञ्ज’ बनाउन अन्तरिक्ष जाँदै युलिया र क्लिम


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को–रुसले अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा फिल्म छायांकनका लागि आफ्नो देशको प्रख्यात अभिनेत्री तथा अवार्ड विजेता निर्देशकलाई पठाउने भएको छ ।

बीबीसीका अनुसार रुसले ३६ वर्षीया युलिया पेरेसिल्ड र ३७ वर्षे क्लिम सिपेन्कोलाई आगामी अक्टोबर ५ मा रसियन रकेटमा रसकर्फत अन्तरिक्षमा पठाउन लागेको हो । फिल्मको नाम ‘च्यालेञ्ज’ राखिएको छ ।

रसियन स्पेस एजेन्सी रसकसमसले बिहीबार रसिया अमेरिकासँग नयाँ प्रकारको सेलिब्रेटी स्पेसको दौडमा रहेको दाबी गरेको थियो । रसकसमसले पेरेसिल्ड र सिपेन्को दुवैजना मेडिकल परीक्षण र क्रिएटिभ छनोट प्रक्रियामा रहेको बताएको छ ।

उनीहरुको स्पेस फ्लाइट तालिम १ जूनबाट सुरु हुनेछ । तालिममा भाइब्रेसन टेस्ट, जिरो ग्राभिटी प्लेनमा कसरी उडान गर्ने र पारासुट प्रशिक्षण हुनेछ ।

रसियाको रिआ समाचार संस्थाले अपरेसनका लागि अन्तरिक्षमा पुगेकी एक नर्स बिरामी भएपछि तुरुन्तै पृथ्वी फर्किएको कथालाई देखाइनेछ ।

यो फिल्मका लागि हजारौंले आवेदन दिएका थिए । ती आवेदनमध्येबाट पेरिसिल्डले १९ महिला प्रतिष्पर्धीलाई पछि पारेकी थिइन् ।

यो सबै प्रोजेक्टलाई रसियन स्टेट टेलिभिजन च्यानल वानले कभर गर्नेछ । फिल्मको सह–निर्माता रसकसमसका प्रमुख डिमित्री रोगोजिन र च्यानल वान निर्देशक कन्स्टेन्टिन इर्नस्ट छन् ।

पेरिसिल्डले ‘द एज’ र ‘बेटल फर सिभास्टोपोल’ जस्ता ठूला रसियन फिल्ममा अभिनय गरेकी छन् । उनी आर्टिष्ट अफ रसियन फेडरेसनबाट सम्मानित समेत भइसकेकी छन् ।

सिपेन्कोले सन् २०१९ मा निर्देशन गरेको कमेडी फिल्म ‘सर्फ’ले बक्सअफिसमा ४२ मिलियन भन्दा बढी डलर कमाई गरेको थियो । उनी आफैंमा अभिनेता हुन् ।

नासा र अभिनेता टम क्रुजले पनि स्पेस स्टेसनमा फिल्म छायांकन गर्ने यसअघि नै घोषणा गरिसकेका छन् । गत वर्ष घोषणा गरिएको उनीहरुको फिल्म कहिले छायांकन हुन्छ भन्ने केही टुंगो लागिसकेको छैन ।

अभिनेता क्रुज निर्देशक डाउग लिमानसँग अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा जानेछन् । नासाका अनुसार इलोन मस्कको स्पेस एक्स रकेट कम्पनी यो अभिनयमा सामेल हुनेछ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १० : १० बजे

भक्तपुरमा १७ दिने दसैँ व्यापार मेला सुरु

भक्तपुर– भक्तपुर नगरपालिका-७ को महेश्वरी खेल मैदानमा आजदेखि दोस्रो भक्तपुर

स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य, यस्तो छ अवस्था (तस्बिरहरू)

काठमाडौं– भदौ २४ गते जेन जी आन्दोलनको दोश्रो दिन आन्दोलनकारीहरूले

हुम्लामा आउन छोडे चिनियाँ च्याङ्ग्रा, खसीको मूल्य आकासियो

सिमकोट– कोरोना सङ्क्रमण भएपछि सदरमुकाम सिमकोटसहित हुम्लाभरि चिनियाँ च्याङ्ग्रा आउन

जलेका भवन टालटुल गरेर प्रयोगमा नल्याउन विज्ञको चेतावनी

जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट देशभर २ हजार ७९ वटा

‘जेन-जी’ पुस्तालाई प्रगतिशील रूपमा सङ्गठित गर्न आवश्यक : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले) स्थायी कमिटी सदस्य