‘च्यालेञ्ज’ बनाउन अन्तरिक्ष जाँदै युलिया र क्लिम « Khabarhub

‘च्यालेञ्ज’ बनाउन अन्तरिक्ष जाँदै युलिया र क्लिम


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को–रुसले अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा फिल्म छायांकनका लागि आफ्नो देशको प्रख्यात अभिनेत्री तथा अवार्ड विजेता निर्देशकलाई पठाउने भएको छ ।

बीबीसीका अनुसार रुसले ३६ वर्षीया युलिया पेरेसिल्ड र ३७ वर्षे क्लिम सिपेन्कोलाई आगामी अक्टोबर ५ मा रसियन रकेटमा रसकर्फत अन्तरिक्षमा पठाउन लागेको हो । फिल्मको नाम ‘च्यालेञ्ज’ राखिएको छ ।

रसियन स्पेस एजेन्सी रसकसमसले बिहीबार रसिया अमेरिकासँग नयाँ प्रकारको सेलिब्रेटी स्पेसको दौडमा रहेको दाबी गरेको थियो । रसकसमसले पेरेसिल्ड र सिपेन्को दुवैजना मेडिकल परीक्षण र क्रिएटिभ छनोट प्रक्रियामा रहेको बताएको छ ।

उनीहरुको स्पेस फ्लाइट तालिम १ जूनबाट सुरु हुनेछ । तालिममा भाइब्रेसन टेस्ट, जिरो ग्राभिटी प्लेनमा कसरी उडान गर्ने र पारासुट प्रशिक्षण हुनेछ ।

रसियाको रिआ समाचार संस्थाले अपरेसनका लागि अन्तरिक्षमा पुगेकी एक नर्स बिरामी भएपछि तुरुन्तै पृथ्वी फर्किएको कथालाई देखाइनेछ ।

यो फिल्मका लागि हजारौंले आवेदन दिएका थिए । ती आवेदनमध्येबाट पेरिसिल्डले १९ महिला प्रतिष्पर्धीलाई पछि पारेकी थिइन् ।

यो सबै प्रोजेक्टलाई रसियन स्टेट टेलिभिजन च्यानल वानले कभर गर्नेछ । फिल्मको सह–निर्माता रसकसमसका प्रमुख डिमित्री रोगोजिन र च्यानल वान निर्देशक कन्स्टेन्टिन इर्नस्ट छन् ।

पेरिसिल्डले ‘द एज’ र ‘बेटल फर सिभास्टोपोल’ जस्ता ठूला रसियन फिल्ममा अभिनय गरेकी छन् । उनी आर्टिष्ट अफ रसियन फेडरेसनबाट सम्मानित समेत भइसकेकी छन् ।

सिपेन्कोले सन् २०१९ मा निर्देशन गरेको कमेडी फिल्म ‘सर्फ’ले बक्सअफिसमा ४२ मिलियन भन्दा बढी डलर कमाई गरेको थियो । उनी आफैंमा अभिनेता हुन् ।

नासा र अभिनेता टम क्रुजले पनि स्पेस स्टेसनमा फिल्म छायांकन गर्ने यसअघि नै घोषणा गरिसकेका छन् । गत वर्ष घोषणा गरिएको उनीहरुको फिल्म कहिले छायांकन हुन्छ भन्ने केही टुंगो लागिसकेको छैन ।

अभिनेता क्रुज निर्देशक डाउग लिमानसँग अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा जानेछन् । नासाका अनुसार इलोन मस्कको स्पेस एक्स रकेट कम्पनी यो अभिनयमा सामेल हुनेछ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १० : १० बजे

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत