‘कपिल शर्मा शो’ की सुमोनालाई ‘इण्डोमेट्रियोसिस’ रोग « Khabarhub

‘कपिल शर्मा शो’ की सुमोनालाई ‘इण्डोमेट्रियोसिस’ रोग


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई–भारतीय चर्चित टेलिभिजन शो ‘द कपिल शर्मा शो’मा सुनिल ग्रोवरको छोरीको भूमिकामा अभिनय गर्ने सुमोना चक्रवर्तीको सामाजिक सञ्जालमा १० लाख फ्यान फलोइङ छन् । फ्यान फलोइङ धेरै भए पनि उनी सामाजिक सञ्जालमा त्यति सक्रिय हुन्नन् ।

आजतकका अनुसार हालै सुमोनाले आफू एण्डोमेट्रियोसिस रोगको चौथो चरणसँग जुधिरहेको खुलासा गरेकी छन् । उनले लकडाउनले निकै समस्या परेको भन्दै भावनात्मक रुपमा रोगसँग लड्न नसकेको जनाएकी छन् ।

‘म अहिले बेरोजगार छु । मसँग कुनै काम छैन । तर पनि परिवार र आफूलाई पालनपोषण गरिरहेकी छु’, उनले लेखेकी छन्, ‘मैले आज धेरै समयपछि घरमा वर्क आउट गरें । केही दिनमा पछुतो अनुभव गरिरहेकी छु । किनकी कैयौं पटक उदासी हाम्रो लागि राम्रो हुन्छ ।’

उनी सन् २०११ देखि यो रोगसँग जुधिरहेकी छन् । यो रोगसँग लड्न स्वस्थ खाना, व्यायाम र तनाव मुक्त जीवन प्रमुख औषधि रहेको उनको बुझाई छ ।

इण्डोमेट्रियोसिस एक प्रकारको शारीरिक समस्या हो । जसमा महिलाको योनीभित्रको नशा बाहिरको लाइनिङमा आउछ । यस्तो नशा फेलोपियन ट्यूब, पाठेघर र कैयौं पटक आमासयसम्म पुग्छ । जसकारण पेटको दुखाई बढ्छ ।

यसको लक्षण तल्लो पेटको दुखाई र महिनावारी अनियमित हुनु हो । यसबाट बिसेक हुन सर्जरी या हार्मोनयुक्त औषधिको सेवन गर्नुपर्छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  १ : १५ बजे

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु