शनिबार खान नहुने यी ५ खानेकुरा | Khabarhub Khabarhub

शनिबार खान नहुने यी ५ खानेकुरा


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शनी ग्रह, नौ ग्रहहरु मध्ये एक हो र शनिबार शनी ग्रहसंग सम्बिन्धित रहेको छ । शनीदेवलाई न्यायका देवता मानिन्छ तथापी शनीको नामबाट धेरै डराउने गर्दछन् ।

कुण्डलीमा शनीसंग सम्बन्धित कुनै दोष भएमा यस्ता व्यक्तिले शनीदेवलाई प्रसन्न पार्नु पर्ने धार्मीक विश्वास छ । यसकालागी शनीको उपासनाका साथै केहि कुरामा विशेष ध्यान दिनुपर्ने धार्मीक मान्यता छ । मान्यता अनुसार शनीबार केहि चीजको सेवन गर्नु हुदैँन ।

१. दूध दही
सेतो रंगको हुने भएकाले दूधको सम्बन्ध शुक्र ग्रहसंग हुन्छ । शुक्र र शनीको प्रकृती एकअर्काको विरोधी हुन्छ । तसर्थ शनिबार दूध र दहिको सेवनबाट बच्नु पर्दछ । यसको सट्टा दूधमा केसर, सख्खर वा बेसार मिसाएर पिउन सकिने धार्मीक मान्यता छ ।

२. अचार
शनिबार अमिलो र अचार खान नहुने धार्मीक मान्यता छ । शनीदेवलाई अमिलो मन नपर्ने भएकाले ज्योतिषीय दृष्टिले शनिबार यस प्रकारका स्वाद भएका परिकार खादाँ अशुभ प्रभाव पर्ने धार्मीक मान्यता छ ।

३. रातो खुर्सानी
रातो हुने भएकाले रातो खुर्सानीको सम्बन्ध मंगल र सूर्य ग्रहसंग हुन्छ । तर यी ग्रह शनीको विरोधी मानिन्छ । साथै पिरो स्वाद शनीदेवले मन नपराउने भएकाले सम्भव भएसम्म शनिबार रातो खुर्सानीको सेवन गर्नबाट बच्नु पर्ने धार्मीक मान्यता छ ।

४. मुसूरी दाल
ज्योतिष शास्त्र अनुसार शनिबार मुसूरीको दालको सेवन गर्न नहुने मान्यता छ । मुसूरी दालको रंग पनि रातो हुने भएकाले यो पनि शनीदेवलाई मन पर्दैन । त्यसैले शनिबार यो दाल खाएमा यसले प्रतिकुल असर गर्ने र स्वभावमा क्रोध बढ्ने धार्मीक मान्यता छ ।

५. माछामासु र मदिरा
शनिबार माछामासु र मदिरा खान नहुने मान्यता छ । शनीले शान्त र आध्यात्मिक व्यवहार रुचाउने भएकाले शनिबार यस प्रकारको पदार्थ र भोजन गर्न नहुने मान्यता छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ११ : ४० बजे

‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए 

म्याग्दी– म्याग्दीमा उत्पादन हुने कोदोका परिकारको विविधिकरण र बजारीकरण हुन

गफ जोतेर जीविका चलेको मुलुक !

हिउँजस्तै बकुल्लो देखेपछि एउटा कालो कागलाई खपिनसक्नु पीडा भएछ ।

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि…

पर्वत– सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको मोदी

रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

सुर्खेत– डोल्पाको त्रिपुराकोट नगरपालिका–१ त्रिपुराकोटबाट जुम्लाको मौरे सडक जोड्नका लागि

शहरी विकास मन्त्रालयले आज क्रिकेट मैदानको प्यारापिट र फलडलाइट क्यानलाई हस्तान्तरण गर्दै

काठमाडौं – शहरी विकास मन्त्रालयले आज त्रिवि क्रिकेट मैदानको प्यारापिट