पलको आक्रोशः ‘वाह ! सरकार, तिम्रो नियत’ « Khabarhub

पलको आक्रोशः ‘वाह ! सरकार, तिम्रो नियत’


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय अभिनेता पल शाह कोभिड महामारीको समयमा आफ्नो समूहमार्फत अक्सिजन सिलिण्डर खोजी गर्दै अस्पतालमा सहयोग अभियानमा जुटिरहेका छन् ।

पर्यटन मन्त्री भानुभक्त ढकालले कोरोनाका कारण निधन भएका मानिसको शव जलाउने कर्मचारीलाई एक हजार प्रोत्साहन भत्ता दिने निर्णय गरेपछि पलले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।

उनले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको र सरकारले ४ सय रुपैयाँको अक्सिजनको व्यवस्था गर्न नसकेको भन्दै रिस पोखेका हुन् ।

उनले फेसबुकमा ‘सरकारले ४ सय रुपैयाको अक्सिजन दिन छोडेर जनता तिमी मर, म तिम्रो लाश जलाउनको लागि १ हजार रुपैयाँ थप भत्ता दिनेछु… !! वाह सरकार तिम्रो नियत !!’ भनी लेखेका छन् ।

पल र उनको टिमले बाराको जितपुर पुगेर अक्सिजन सिलिन्डर काठमाडौं ल्याएको छ । उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका आफन्तप्रति धैर्यधारणको कामना गरेका छन् ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ५ : ४५ बजे

ओलीलाई हराएका बालेन्द्रले लिए प्रमाणपत्र

काठमाडौं- नेपालको संसदीय राजनीतिमा एउटा ठूलो उलटफेर गर्दै झापा-५ मा

रुपन्देही-१ मा रास्वपाका लम्साल विजयी

लुम्बिनी– रूपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय

दैलेख–२ मा एमालेका पोखरेल विजयी

दैलेख- दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन नं २ मा नेपाल कम्युनिष्ट

प्रत्यक्षमा ७ सिट जितेको राप्रपा एक सिटमा खुम्चियो, राजा फर्काउने एजेन्डा उत्तानो

काठमाडौं- २०७९ को निर्वाचनको निर्वाचनपछि बनेको गठबन्धनको जोड घटाउ सरकारलाई

पूरा भयो केपी ओलीसँग बालेनको बदला, उनकै क्षेत्रमा पुगेर साढे ४९ हजार मतले हराइदिए

काठमाडौं– बालेन्द्र साह काठमाडौं महानगरपालिकामा हुँदादेखि तत्कालीन प्रधानमन्त्री केपी शर्मा