दक्षिण कोरियाले बनायो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट | Khabarhub Khabarhub

दक्षिण कोरियाले बनायो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण कोरियाले कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट २ औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् ।

यो किटमार्फत आफूलाई कोरोना लागेको शङ्का लागेमा घरमै बसेर आफ्नो परीक्षण गरी निश्चित हुन सकिन्छ । घरमै बसी आफ्नो स्वाबमार्फत परीक्षण गरिने यो किटले परीक्षण गरेको १५ मिनेटमै कोरोना भाइरस लागे नलागेको पत्ता लगाउन सकिन्छ ।

कोरियाको योन्हाप समाचार एजेन्सीलाई उदृत गर्दै टर्कीको अनादुलु एजेन्सीका अनुसार यो किट अब हरेक २४ घण्टे पसलहरूमा सहजै उपलब्ध हुने भएको छ । जी एस–२५, सेभेन इलाभेन, इ–मार्टलगायत २४ घण्टे पसल बाटै सजिलै खरिद गर्न सकिने उक्त किटको खुद्रा मूल्य १० हजार कोरियन वन अर्थात झण्डै १ हजार नेपाली रुपैयाँ पर्छ ।

यसको सहायताले अब प्रयोगकर्ताले सहजै आफ्नो नतिजा थाहा पाई सकारात्मक आए सेल्फ आइसोलेशनमा बस्ने तथा थप पीसीआर जाँच गरी स्वास्थ्य सुरक्षा अपनाउन सक्ने छन् ।

कोरियामा पछिल्लो समय कोरोना भाइरसको प्रकोप थप बढ्न थालेपछि सरकारले परीक्षणको दायरा बढाउन उक्त नीति अबलम्बन गरेको बताईएको छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ९ : ०७ बजे

पाँच वर्षदेखि पुल निर्माण अधुरै

चौतारा – सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ जना इजरायली लडाकु मारिएको इरानको दाबी

तेहरान – इरानको दक्षिणपूर्वी क्षेत्रमा इरानी सेनाले गरेको कारबाहीमा छ

गोरखामा आलु मेला : विजेतालाई तीन पाथी आलु पुरस्कार

गोरखा – धार्चे गाउँपालिका-५ गुम्दामा विगत वर्षमा झैँ यस वर्ष

इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छः सभामुख घिमिरे

ललितपुर – सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित