निषेधाज्ञामा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा पाँचजना पक्राउ « Khabarhub

निषेधाज्ञामा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा पाँचजना पक्राउ


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– निषेधाज्ञा उल्लंघन, प्रहरीमाथि अभद्र व्यवहार र संक्रामक रोग ऐन, २०२० विरुद्धको कसूर गरेको अभियोगमा पर्साका विभिन्न स्थानबाट पाँच जनालाई बिहीबार प्रहरीले पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाएको छ ।

पक्राउ पर्नेमा महानगरपालिका वडा नम्बर १० का २६ वर्षका साहेव शेख, वडा नम्बर १३ का ३० वर्षका मोहम्द असरफ राइन, पोखरिया नगरपालिका ३ का १९ वर्षका हनिफ हुसेन, विन्दवासिनी गाउँपालिका ४ का ३० वर्षका भोला प्रसाद साह र भारत विहार वेतिया वैरिया ३ का मुन्ना साह रहेका छन् ।

पर्सामा बैशाख ३० गतेदेखि जेठ ६ गते सम्मका लागि थप जारी भएको निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीमाथि अभद्र व्यवहार गरी प्रहरी कामकारवाहीमा अवरोध पुर्‍याएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुमाथि सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर एवं संक्रामक रोग ऐन, २०२० बमोजिम कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  १० : ५९ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार