कामको पैसा नदिएको भन्दै छुरा प्रहार गरेर हत्या, दुई जना पक्राउ « Khabarhub

कामको पैसा नदिएको भन्दै छुरा प्रहार गरेर हत्या, दुई जना पक्राउ


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ-  मोरङको लेटाङमा शुक्रबार राति काम गरेको पैसा नदिएको झ्वाँकमा छुरा प्रहार गरेर एक युवाको हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आपसी विवादका क्रममा दुई जना युवाले छुरा प्रहार गर्दा लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार लेटाङ–३ कै १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले राति ८:४५ बजेतिर उनीमाथि छुरा प्रहार गरेका हुन् ।

लेटाङकै त्रिशूली चोकमा दर्जी र लिम्बूको विवाद राईसँग भएको थियो । विवादकै क्रममा दुई जनाले छुरा प्रहार गी घाइते भएका राईको उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याउँदै गर्दा उनको बाटैमा राति १०:३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गरी  फरार रहेका दर्जी र लिम्बूलाई लेटाङबाट शनिबार बिहान पक्राउ गरेको छ । प्रहरीका अनुसार राईको हत्यामा संलग्न दर्जी र लिम्बू ट्याक्टरका मजदुर हुन् ।

उनीहरुलाई राईले नै निर्माण सामग्री ढुवानीको काममा लगाउने गरेको र लामो समयदेखि काम गरेको पैसा नदिएपछि  छुरा हानेको प्रहर समक्ष उनीहरुले बयान दिएका छन् ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  १० : १० बजे

नेपाल नेत्रज्योति सङ्घबाट कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर

कम्बोडिया– नेपाल नेत्रज्योति सङ्घले निःशुल्क आँखा शिविर मार्फत आँखा उपचार

विश्वकप : आयोजक क्यानडा, मेक्सिको र अमेरिका अन्तिम १६ बाटै आउट

काठमाडौँ – फिफा विश्वकप २०२६ का तीनवटै आयोजक राष्ट्र प्रतियोगिताबाट

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे

स्टार खेलाडीको गोल सेलिब्रेसन पछाडिको रहस्य ?

काठमाडौँ – गोल भएपछि क्रिस्टियानो रोनाल्डो किन ‘सिउउउ’ भन्दै हावामा

तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

तनहुँ– कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा टेवा