भारतमा कोरोना भाइरसको संक्रमण दर घट्दै | Khabarhub Khabarhub

भारतमा कोरोना भाइरसको संक्रमण दर घट्दै


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा एकसाता यता संक्रमितको दैनिक वृद्धिमा केही कमी आएको छ ।

लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख १० हजार ८२२ जनामा संक्रमण भएको छ । संक्रमितको यो संख्या शनिबारको तुलनामा करिव १६ हजारले कम हो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ ।

मे ८ देखि १४ सम्ममा भारतमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतलाई कोरोना देखिएको छ । त्योभन्दा अघिल्लो साता त्यो दर २२.४ प्रतिशत रहेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

मे ८ मा भारतभरि ३ लाख ९१ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए भने शनिबार त्यो संख्या ३ लाख ५४ हजार थियो।

संक्रमितको दर घटे पनि मृत्युदर भने उल्लेख्यरुपमा घटेको छैन । अहिले पनि दैनिक चार हजारको हाराहारी संक्रमितको मृत्यु भइरहेको छ ।

पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या २ लाख ७०  हजार ३१९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७ लाख ८९ हजार ३८ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३६ लाख २३ हजार ७०८ छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ९ : ५५ बजे

आज २०८२ साल साउन १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १७ गते शनिबार। साउन

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

न्युयोर्क – अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु

कोदोको माग बढ्दै उत्पादन घट्दै

तनहुँ – यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे)का

कोमल वलीको स्वरमा ‘तीज आयो तीज’ सार्वजनिक

काठमाडौं – हाइटेक भिजनले महिला दिदीबहिनीहरूको महान चाड तीजलाई लक्षित

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरको आत्मियताले समृद्ध बनेको छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र