कोरोना नियन्त्रणमा केन्द्रित हुन प्रधानमन्त्रीलाई किरातीको अपिल « Khabarhub

कोरोना नियन्त्रणमा केन्द्रित हुन प्रधानमन्त्रीलाई किरातीको अपिल


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना नियन्त्रणमा केन्द्रित हुन प्रधानमन्त्री केपी शर्मालाई लेखक तथा जसपाका युवा नेता मिलनकान्छा किरातीले अपिल गरेका छन् ।

माइग्रेण्ट नेपाली युनियन एसिया प्यसिफिक कमिटीले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सत्ता, शक्ति संघर्षको संसदीय फोहोरी खेल जनताले धेरै हेरे । कोरोनाले दिनहुँ सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या तीव्र बढ्दो छ । यस्तोबेला सत्ता प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसको भूमिका पनि जनताले हेर्दैछन । प्रचण्डले निकाल्ने परिणाम पनि हेर्दैछन । महामारीले आक्रान्त यो अवस्थामा लकडाउन मात्र समाधान होइन । यो त झन विकराल समस्या हो ।’

उनले भने, ‘जनताको चित्कार र पुकार सुन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई म आग्रह गर्दछु । राज्यको सबैथोक शक्ति र साधन प्रयोग गरेर कोरोना महामारी नियन्त्रणमा केन्द्रित हुन हार्दिक अपिल गर्दछु ।’

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ११ : ४६ बजे

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर