यी स्थानमा गएर लगाउनुस् ‘भेरोसेल’ खोपको दोस्रो डोज (तालिकासहित) « Khabarhub

यी स्थानमा गएर लगाउनुस् ‘भेरोसेल’ खोपको दोस्रो डोज (तालिकासहित)


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा आजदेखि कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो डोज प्रदान गरिँदैछ।

काठमाडौँ महानगरपालिकाभित्र पहिलो डोज लगाएकाहरुले वडा र खोप केन्द्रमा गएर भेरोसेलको दोस्रो खोप लगाउन सक्नेछन्।

यसमा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकहरु छन् ।

२०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई आजबाट दोस्रो खोप दिइनेछ ।

यसैगरी चैत २९ र ३० गते पहिलो खोप लिएकालाई जेठ ३ गते, ०७७ चैत ३१ र ०७८ वैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइनेछ ।

वैशाख ३ र ४ गते पहिलो खोप लगाएकालाई जेठ ५ गते, वैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई जेठ ६ गते, वैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई जेठ ७ गते, वैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई जेठ ८ गते भेरोसेलको दोस्रो मात्रा खोप दिइनेछ ।

वैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरुलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ ।

महानगरले यसअघि तोकेका खोप केन्द्रमध्य केही खोप केन्द्रहरु परिवर्तन गरेको छ ।

हेर्नुस् तालिका :

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ११ : ५६ बजे

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौँ- मध्यपूर्वमा जारी सैन्य तनावका बीच साउदी अरेबिया, टर्की र

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र