महोत्तरीमा थप तीन कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

महोत्तरीमा थप तीन कोरोना संक्रमितको मृत्यु


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरीमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा रहेका उनीहरुको आज बिहान निधन भएको हो ।

औरही नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुष, गौशाला नगरपालिकाका वडा नम्बर ४ का ४० वर्षीय पुरूष र सम्सी गाउँपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

औरहीका पुरुषमा बैशाख ३० गते, गौशालाका पुरुषमा बैशाख २८ गते र सम्सीका पुरुषमा जेठ १ गते कोरोना संक्रमण देखिएको थियो ।

औरहीका पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाम, गौशालाका पुरुषको स्थानीय आइसोलेसनमा र औरहीका पुरुषको जनकपुरधामस्थित जानकी हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोरोना फोकल पर्सन प्रतिभा सिंहले जानकारी दिइन् ।

कोरोनाको दोस्रा लहर शुरु हुँदा महोत्तरीमा हालसम्म २२ जनाको मृत्यु भएको सिंहले बताइन् ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  १२ : १७ बजे

यो वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा आगामी पुस

संस्थापन पक्षको ७ बुँदे प्रस्ताव, फागुन २१ को चुनावमा भाग लिएर आगामी वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान

काठमाडौं- नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति र समयलाई लिएर नेताहरूबीचको विवाद

कैलालीमा ३७ दिनमा एक हजार ८४४ मतदाता थपिए

सुदूरपश्चिम– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कैलालीमा मतदाता नामावलीमा नाम दर्ता

पुरानै घर फर्किने तयारीमा रामकुमारी, भन्छिन् : अध्यक्ष ओलीसँग कुरा भयो, प्रभावित छौँ

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पुरानै