तौल घटाउने बहानामा गर्न नहुने ७ गल्ती « Khabarhub

तौल घटाउने बहानामा गर्न नहुने ७ गल्ती


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोटोपनाबाट वाक्क भएका मानिस कसरी आफ्नो वजन घटाउने भन्ने ध्याउन्नमा हुन्छन् ।

यस्तोमा कतिपय अवस्थामा मानिसले यस्ता केहि गल्ती गर्न पुग्छन् जो वजन घटाउने नाममा हानिकारक छन् ।

के के हुन् ती गल्ती ?

१. खान छाड्ने
तौल घटाउँने नाममा धेरैले गर्ने काम भनेको खान छाड्ने हो । यस्तोमा मानिस लामो समय भोकभोकै बस्छन् । तर यो बेकार छ । यसले मेटाबोलिजमलाई सुस्त बनाउँछ साथै शरिर आलस्य र बिरामी बनाउँछ ।

२. औषधीको सेवन
सजिलै तौल घटाउने नाममा केहिले औषधीको सेवन गर्दछन् । तर, यसले स्वास्थ्यमा गम्भीर असर पार्दछ । वजन घटाउन पनि सन्तुलित भोजन र व्यायामसँगै पोषणयुक्त खानेकुरा आवश्यक पर्दछ जो औषधीले भरपुर गर्न सक्दैन ।

३. जबर्जस्ती वान्ता गर्ने
केही व्यक्ति मन लागेको खानेकुरा खाएर भोक मेटीएपछि केही बेरमै जवरजस्ती वान्ता गर्छन । तर यसले व्यक्तिमा गम्भीर मनोवैज्ञानिक असर पार्दछ । साथै खन्चुवा बनाउँछ ।

४. पखला लगाउने
केहिले मोटोपन घटाउन पखाला चलाउने औषधी खान्छन् । तर लामो समय पखाला लाग्दा शरीरमा पानीको अभाव हुनुका साथै पेट सम्बन्धित अन्य समस्या पनि उत्पन्न हुन्छ ।

५. धुमपान
केही मानिस भोक दबाउन धुमपान गर्छन् । धुमपानले दिमागको संकेतलाई अबरोध गरी भोक मार्दछ । तर, यसले शरिरमा हानी पुर्याउनुका साथै क्यान्सरको जोखिम बढ्छ ।

६. अत्यधिक व्यायाम
मानिसले दुब्लाउन सबैभन्दा झ्याउ मान्ने बिषय भनेको व्यायाम हो । तर केहिले भने अत्यधिक व्यायाम गर्दछन् । परिणाम शरिर घाइते हुन्छ र मुटुमा पनि असर पुग्न सक्छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ३ : १६ बजे

पोर्चुगलमा मनाइयो बुद्धजयन्ती

पोर्चुगल – विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ

दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित,

म्याग्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु, १६५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने

म्याग्दी – धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका

म्याग्दीका भीरमा जोखिमपूर्ण मह सिकार सुरु: पहिलो दिनमै ७० लिटर सङ्कलन

म्याग्दी – म्याग्दीका लेकाली क्षेत्रमा व्यावसायिक रूपमा भिरमह सिकार सुरु